काठमाण्डौ । एनआइसी एशिया बैंकले बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशीमा एकैदिन २ वटा शाखा बिस्तार गरेको छ । 

शुक्रबार भिन्ना भिन्नै समारोहका बीच बैंकले जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ  र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्गमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो । 

जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्रबहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखाको औपचारिक उद्घाटन गरिएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।