काठमाण्डौ। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले भविष्यमा विकास हुुने कोरोनाविरुद्धको औषधि वा भ्याक्सिन बढी मूल्य तिर्नेलाई भन्दा पनि सबैभन्दा धेरै आवश्यक परेका मानिसहरुलाई वितरण गर्नुुपर्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय एड्स सोसाइटीद्वारा आयोजित कोरोनासम्बन्धी भर्चुअल सम्मेलनमा बिल गेट्सले यदि कोरोनाविरुद्धको भ्याक्सिन वा औषधि आवश्यक परेकालाई उपलब्ध गराउनुुको साटो बढी मूल्य तिर्नेलाई मात्रै प्रदान गरियो भने महामारीको भयावह अवस्था अझै लम्बिन सक्ने चेतावनी दिए। उनले भने, ‘बजारबाट परिचालित तत्वहरुबाट भन्दा पनि हामीले विश्व नेताहरुलाई समानताका आधारमा वितरण गर्ने यी कठिन निर्णयहरु लिन लगाउन आवश्यक रहेको छ।” 

कोरोनाविरुद्धको भ्याक्सिन र औषधि बजारमा ल्याउने दौडमा विश्वका देश र कम्पनीहरु लागिपरेका बेला विकसित देशहरुको तुुलनामा धनी देशहरुले बढी मात्रामा औषधि पाउने कुुराले चर्चा पाउन थालेको छ। भविष्यमा विकसित हुुने कोरोनाविरुद्धको भ्याक्सिनलाई नाफारहित सार्वजनिक वस्तुुका रुपमा हेर्नुुपर्ने आवाज उठ्न थालेको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुुसार यतिबेला विश्वका २१ वटा भ्याक्सिन मानवमा परीक्षणको अवस्थामा छन्। यीमध्य तीनवटा चाहिँ परीक्षणको तेस्रो चरणमा छन्। 

भ्याक्सिनको विकासमा अमेरिकाको बायोटेक कम्पनी मोर्डना, बेलायतको औषधि कम्पनी एस्त्राजेनेका र चीनको सिनोभ्याक बायोटेकले सबैभन्दा धेरै प्रगति गरेका छन्। – एजेन्सी