काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको बेला समेत न्यूनतम बैंकिङ सेवा प्रवाह गर्ने उद्देश्यले बैंकहरुले देशभर आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आवश्यक कर्मचारी मात्र उपस्थित गराई सेवा दिइरहेका छन् ।

देशकै सबैभन्दा ठूलो विकास बैंक, मुक्तिनाथ विकास बैंकले समेत यो क्रमलाई निरन्तरता दिइरहेको छ । 

यही क्रममा बैंकले सरकारले थपेको लकडाउन अवधिका लागि अर्थात बैशाख ३ गतेसम्मका लागि खुल्ने शाखाहरु सम्बन्धी सूचना प्रकाशित गरेको छ । 

मुक्तिनाथ विकास बैंकले विभिन्न प्रदेशमा खुल्ने शाखा र खुल्ने दिन तथा समयको विषयमा तालिका नै प्रकाशन गरेको हो । 

तोकिएका शाखा स्थानीय निकाय र प्रशासनको स्वीकृतिमा संचालन हुने र बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र खुल्ने बैंकले प्रष्ट्याएको छ । 
जसअनुसार कुन दिन कुन प्रदेशको कुन कुन शाखाबाट न्यूनतम बैंकिङ सेवा पाइन्छ ? हेरौं:

चैत २६
चैत २६ गते बुधबारका दिन मुक्तिनाथ विकास बैंकले प्रदेश १ का इटहरी, धनकुटा र कटारी शाखा खोल्नेछ । 

यस्तै, प्रदेश २ मा जनकपुर र कमलामाई, प्रदेश ३ मा कुलेश्वर, बनेपा, ठिमी, पर्सा र आदमघाट शाखा खुल्नेछन् । 

प्रदेश ४ मा काहुँखोल, गोरखा, कार्कीनेटा, मिर्मी र बेगनास तालका शाखा खुल्नेछन् । 

प्रदेश ५, ६ र ७ मा यो दिन रामपुर कोलनी, नेपालगञ्ज, तुल्सीपुर र कोहलपुर शाखा खुल्नेछन् । 

चैत २७ गते
यो दिन प्रदेश १ का विराटनगर, काकरभिट्टा, रामपुर र ओखलढुंगा शाखा खुल्नेछन् । 

यस्तै, प्रदेश २ मा चन्द्रपुर शाखा, प्रदेश ३ मा माछापोखरी, महाराजगञ्ज, चावहिल, पार्वतीपुर, धार्के र बट्टार शाखा, प्रदेश ४ मा हरिचोक, आबुखैरेनी, गगनचौडा, जुग्ले र नयाँपुल शाखा खुल्नेछन् । 

यो दिन प्रदेश ५, ६ र ७ का तम्घास, घोराही, लुहाम, र महेन्द्रनगर शाखाबाट सेवा लिन सकिनेछ । 

चैत २८ गते
यो दिन प्रदेश १ मा विर्तामोड र उर्लाबारी, प्रदेश २ मा गोलबजार र वीरगञ्ज, प्रदेश ३ मा कुमारीपाटी, सीतापाइला, नयाँ बानेश्वर, खोलेसिमल मनहरी, हाकिमचौक सल्यानटार र बेनीघाट शाखा खुल्नेछन् । 

यो दिन प्रदेश ४ मा चिप्लेढुंगा, दूलेगौंडा, डेढगाउँ, हेम्जा र बेशीशहरका शाखाबाट सेवा पाइनेछ भने प्रदेश ५, ६ र ७ का रामपुर पाल्पा, लमही, लम्की र श्रीनगर शाखा खुल्नेछन् । 

चैत ३० गते
२०७६ सालको अन्तिम दिन अर्थात चैत ३० गते बैंकले प्रदेश १ का दमक, दुहबी, मानेभञ्ज्यांग शाखा, प्रदेश २ बाट जनकपुर र बर्दिबास शाखा, प्रदेश ३ का कोटेश्वर, न्यूरोड, कमलादि, नारायणगढ, हेटौडा, गल्छी, धादिंगका शाखाबाट न्यूनतम बैंकिंग सेवा लिन सकिने बैंकले जनाएको छ । 

यो दिन प्रदेश ४ का बैदाम, फेदीखोला, भिमाद, दमौली र कुश्मा शाखा खुल्नेछन् भने ५, ६ र ७ प्रदेशका बुटवल, वीरेन्द्रनगर, थारमारे र गुलरिया शाखाबाट सेवा पाइनेछ । 

बैशाख २ गते
बैशाख २ गते मंगलबार प्रदेश १ का शिद्धिचरण र इलाम शाखा, प्रदेश २ को लहान शाखा खुल्नेछन् भने प्रदेश ३ का सूर्यविनायक, बत्तीसपुतली, टाँडी, आरुघाट र आदमघाट शाखा, प्रदेश ४ का नदीपुर, चापाकोट, अर्जुनचौपारी र बिरुवा शाखाबाट मुक्तिनाथ बैंकको सेवा पाइनेछ । 

यो दिन प्रदेश ५, ६ र ७ का भैरहवा, धनगढी, तुल्सीपुर र नेपालगञ्ज शाखा पनि खुल्नेछन् । 

बैशाख ३ गते
बैशाख ३ गते बुधबार प्रदेश १ मा इनरुवा र धरान शाखा खुल्नेछन् भने प्रदेश २ मा जनकपुर र लालबन्दी, प्रदेश ३ मा टोखा, इमाडोल, दलदले, धार्के र बट्टार, प्रदेश ४ मा छोरेपाटन, लामाचौर र बुढीबजार शाखा तथा प्रदेश ५, ६ र ७ मा भूमही, घोराही, श्रीनगर, कोहलपुर र महेन्द्रनगर शाखाबाट सेवा पाइने सूचनामा उल्लेख छ । 

र, बैंकको यस्तो पनि आग्रह
बैंकले कोरोना भाइरसको महामारीका कारण भौतिक भन्दा पनि डिजिटल कारोबारमा जोड दिन आफ्ना ग्राहकहरुमा आह्वान गरेको छ । इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, एटीएम, क्यूआर पेमेन्ट जस्ता विकल्पहरुलाई प्राथमिकता दिन बैंकले आह्वान गरेको हो । 

यो बैंकको एटीएम कार्ड कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा पैसा नलाग्ने समेत प्रष्ट पारिएको छ । 

बैंकले शाखामा जाँदा एकपटकमा ५ जना भन्दा बढी नगइदिन, शाखाभित्रै पनि एक अर्काबीच १ मिटरको दूरी कायम गरिदिन, स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गरिदिन आग्रह समेत गरेको छ । 

बैंकको पूरा सूचना यस्तो छ: