काठमाण्डौ । किलोग्रामको परिभाषा परिवर्तन भएको छ । फ्रान्सको ब्रसेल्समा किलोग्रामको हालसम्मको परिभाषा परिवर्तन गरिएको हो । 

पचास भन्दा बढी देशको सहमतिसँगै किलोग्रामको परिभाषा फेरिएको निर्णय सार्वजनिक गरिएको हो । 

नयाँ किलोग्राम सन् २०१९ सम्ममा कार्यान्वयनमा आइसक्ने अनुमान समेत गरिएको छ ।

अब किलोग्रामलाई इलेक्ट्रोन पम्पको सहयोगबाट नापिनेछ । यसले एकपटक प्रवाहित विद्युतबाट औसत करेन्ट पैदा गर्छ र विद्युतको गणना गर्नेछ । 

सन् १८८९ मा पहिलोपटक एक किलोग्रामको वैश्विक मापन तय गरिएको थियो । 

१९ औं शताब्दीमा फ्रान्सको अन्तराष्ट्रिय ब्यूरो अफ वेट एण्ड मेजर्स(बिआइपीएम)को कार्यालयमा एक काँचको कटोरामा प्लेटिनम इरिडियम धातुको एक टुक्रा राखिएको थियो । यसको आकार सिलिण्डर जस्तै रहेको थियो । त्यो सिलिण्डरको वजन किलोग्राम बराबर रहेको छ । 

शुक्रबार फ्रान्सको ब्रसेल्समा एक सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनमा ५० भन्दा बढी देशका वैज्ञानिकहरु सहभागी थिए । यो सम्मेलनमा वैज्ञानिकहरुबीच किलोग्रामको परिभाषा परिवर्तन गर्ने बिषयमा भोटिङ नै गर्नु परेको थियो । त्यसपछि सबैले समान फैसला गरे र सबै किलोग्रामको पुरानो परिभाषा परिवर्तन गर्न सहमत बने । 

अधिकांश वैज्ञानिकहरु किलोग्रामलाई यान्त्रिक तथा विद्युत चुम्बकीय उर्जाबाट नापियोस् भन्ने चाहन्थे । 

समाचारमा जनाईए अनुसार किलोग्राममा भएको परिवर्तनबाट मानिसको सामान्य जीवनमा भने कुनै प्रभाव पर्ने छैन । तर, यसको सबैभन्दा ठूलो असर त्यो क्षेत्रमा पर्नेछ, जहाँ एक माइक्रोग्राम(१ ग्रामको १० लाख हिस्सा)ले समेत अर्थ राख्छ । 

किलोग्राम अन्तर्राष्ट्रिय मानक प्रणालीमा ७ युनिटहरुमध्ये एक हो । किलोग्राममा ९० प्रतिशत प्लेटिनम तथा १० प्रतिशत इरिडियम हुन्छ । यो ४ सेन्टिमिटरको सिलिण्डर हो ।

आगामी दिनमा किलोग्राम अब किब्बल वा वाट ब्यालेन्समा नापिनेछ । यो एक यस्तो उपकरण हो, जसले विद्युत चुम्बकीय उर्जाको प्रयोगबाट सटीक गणना बताउनेछ । यसपछि किलोग्रामको परिभाषालाई कसैले पनि परिवर्तन गर्नेछैन र न कसैले यसमा कुनै क्षति नै पुर्याउन सक्नेछ ।

यो नयाँ मानकले विश्वभरका वैज्ञानिकहरुलाई सटीक मापन विधि समेत उपलब्ध गराउने समाचारहरुमा जनाइएको छ ।