काठमाण्डौ । सिद्घार्थ बैंकले पुस २ गते आइतबार काभ्रेको बनेपा बजारमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । 

बैंकले यस शाखा कार्यालय मार्फत् सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । 

शाखा बिस्तारसँगै यस क्षेत्रका व्यापारी तथा सर्वसाधारण लाभान्वित हुने बैंकले जनाएको छ । 

हालै सञ्चालनमा आएको नयाँ शाखासहित बैंकले हाल देशभर रहेका ८१ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०४ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२ अर्ब १५ करोड र कर्जा लगानी रु. ७३ अर्ब ८० करोड गरेको छ  ।