काठमाण्डौ । बम्पर लाभांश पारित मुख्य अजेन्डासहित स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २० गते काठमाण्डौको गैह्रीधारामा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा संस्थाले प्रस्ताव गरेको कुल ४० प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार ४०० रुपैयाँको २६ प्रतिशतले हुन आउने बोनस सेय र १४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।