काठमाण्डौ। बर्खायाम सुरु भइसकेको छ। हिजोआज प्रायः दैनिकजसो पानी परिरहेको छ। यदि तपाइँ टु ह्विलर (बाइक वा स्कुटर) चलाउनुहुन्छ भने पानी परिरहेको बेला तपाइँ केही विशेष कुरामा अवश्य ध्यान राख्नुपर्ने हुन्छ। यी विशेष कुरामा ध्यान नराखी पानी परिरहेको बला तपाइँले बाइक वा स्कुटर चलाउनुभयो भने खतरनाक हुन सक्छ। 

यहाँ हामी तपाइँलाई केही विशेष टिप्सबारे जानकारी दिन गइरहेका छौँ, जसको मद्दतले तपाइँ पानी परिहेको बेलामा पनि सुरक्षित रुपमा बाइक वा स्कुटरमा यात्रा गर्न सक्नुहुन्छ। 

१. बिना हेलमेट कुनै पनि मौसममा टु ह्विलर नचलाउनुस्। अझ बर्खायाममा त अनिवार्य रुपमा हेटमेट लगाउनुस्। हेलमेटले यदि दुर्घटना भइहाले चोटपटक लाग्नबाट बचाउँछ। पानी परिरहेको बेला हेलमेटमा रहेको भाइजरका कारण तपाइँको आँखामा पानी थोपा पर्दैन। जसका कारण बाइक वा स्कुटर चलाउन सजिलो हुन्छ। 

पानी परिरहेको बेला हेलमेटमा पर्ने पानीको थोपाले चालकको ध्यान भड्किन सक्छ। त्यसैले बजारमा पाइने फिंगर वाइपर किनेर हेलमेटको सिसामा सफा गर्न सक्नुहुन्छ। यसले गर्दा तपाइँलाई सिसा पुच्छ्न बारम्बार बाइक रोक्नुपर्ने झन्झटबाट मुक्त हुनुहुनेछ र दुर्घटनाको सम्भावना पनि कम हुन्छ।

२. पानी परिरहेको बेला तपाइँ बाइक चलाउँदै हुनुहुन्छ यो टिप्स निकै फलदायी साबित हुन सक्छ। यस्तो बेला तपाइँ अगाडि गुडिरहेका अन्य गाडीको सहारा लिन सक्नुहुन्छ। तर तपाइँले एउटा निश्चित दूरी काम गरी ती गाडीको पछाडिपछाडि कुद्न सक्नुहुन्छ। यसले गर्दा पानीले भरिएका सडकका खल्डाखुल्डी सहजै छल्न मद्दत पुग्नेछ। 

३. कतिपय बेला हामी मस्त मुडमा पानी परिरहेको बेला बाइक सडकमा कुदाउँछौँ। यस्तो बेला बाइक चिप्लेर वा सडकमा रहेका खल्डाखुल्डीमा परेर दुर्घटना पनि हुन सक्छ। त्यसैले पानी परिरहेको बेला होसियारी अपनाउनुहोस्। 

४. जहाँ तपाइँलाई लाग्छ कि सडक चिप्लो छ, त्यहाँ बाइक कुदाउँदा ह्यान्डल सीधा राख्नुहोस् र बाइकलाई पनि सीधा दिशामा विस्तारै कुदाउनुहोस्। यस्ता सडकमा बाइक टर्न गर्दा चिप्लिन सक्छ र दुर्घटना हुने सम्भावना हुन्छ। 

५. पानी परिरहेको बेला अचानक ब्रेक लगाउनबाट बच्नुहोस्। यदि अचानक ब्रेक लगाउनै परे दुवै फ्रन्ट र रियर ब्रेक एकैपटक प्रयोग गर्नुहोस्। सामान्य अवस्थामा ब्रेक लगाउँदा पनि केवल पछाडिको मात्र प्रयोग गर्नुपर्छ। यदि आवश्यक परेमात्र पछाडिकोसँगै अगाडिको ब्रेक लगाउनु उत्तम हुन्छ। अन्यथा ब्रेकको तामेल नमिल्दा बाइक लड्न वा चिप्लिन सक्छ। 

६. पानी परिरहेको बेला अगाडिको गाडीसँग निश्चित दूरी सधैँ कायम राख्नुपर्छ। अन्यथा अचानक ब्रेक लगाउँदा चिप्लेर दुर्घटना हुन सक्छ। यस्तो बेला दायाँ र बायाँ इन्डिकेटरको प्रयोगबारे पनि राम्रो ज्ञान राख्नुपर्छ। अन्यथा पछाडिबाट आउने अन्य सवारीसाधनसँग दुर्घटना पर्ने सम्भावना हुन्छ। 

७. पानी धेरै परिरहेको छ र तपाइँ बाइक कुदाइरहनुभएको छ भने भिजिबिलिटीलाई पनि ध्यान दिनुहोस्। यदि कम भिजिबिलिटी छ भने बाइकको हेडलाइट अवश्य अन गर्नुस्। यसले गर्दा कम भिजिबिलिटीका बेला बाइक कुदाउन र अगाडिबाट आउने गाडी देख्न पनि मद्दत पुग्छ र दुर्घटना हुनबाट पनि बच्न सकिन्छ। 

८. ओभरस्पिडमा बाइक चलाउँदा हरेक मौसममा खतरनाक हुन सक्छ। अझ पानी परिरहेको बेला ओभरस्पिडमा बाइक चलाउँदा झनै खतरनाक साबित हुन सक्छ। किनकि यो बेला बाइक चिप्लिने सम्भावना बढी हुन्छ। त्यसैले सधैँ यो कुरामा ध्यान दिनुहोस् कि तपाइँ कति रफ्तारमा बाइक कुदाइरहनुभएको छ। तपाइँ त्यही रफ्तारमा मात्र बाइक कुदाउनुस् जसमा तपाइँ बाइक सजिलै कन्ट्रोल गर्न सक्नुहुन्छ। – एजेन्सी