काठमाण्डौ । बर्जर पेन्ट्सले प्रत्येक वर्ष झैं यस वर्ष पनि तपाईंको घरलाई यो सिजनमा नगद पुरस्कारहरुले भरिपूर्ण बनाउन एक नयाँ सिजनल उपहार योजना “बर्जर रङ्ग म्याजिकल अफर” प्रारम्भ गरेको छ । 

यस अभियानका लागि चर्चित नायक अनुपविक्रम शाही र नायिका स्वस्तिमा खड्का सद्भावना दूत रहेका छन् ।

यस उपहार योजनामा बम्पर उपहारका एकजना भाग्यशाली विजेताले रेनल्ट क्वीड कार पुरस्कार प्राप्त गर्नेछ भने १०० भन्दा बढी विजेताहरुले नगद रु.२५ लाखसम्म उपहार जित्नेछन् । 

विज्ञहरुको एक निर्णायक मण्डल र सेलिब्रेटीको समूूहले चयन गरेका ५ भिन्न क्षेत्रका उत्कृष्ट १० वटा रङ्गाइएका घरका घरधनीहरुले नगद रु.१ लाखसम्म र साना शहरका २० वटा घरका घरधनीहरुले नगद रु.२० हजारसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।  

यसैगरी, एक्सपि उत्पादनहरु र सेवा खरीद गर्दा ग्राहकले १०० वर्गफिट सिल्क इलुसन डिजाइनर फिनिसका साथै थप पक्का रिवार्ड प्राप्त गर्नेछन् । अन्य प्रमो ब्राण्डका ग्राहकहरुले पक्का रिवाड बापत् १०० वर्गफिट सिल्कइलुसन डिजाइनको अवसर प्राप्त गर्नेछन् ।

यस उपहार योजनामा सहभागी बन्न ग्राहकले आफ्नो घरको रङ्गरोगन कार्य शुरु गर्नु अघि टोल फ्रि नं. १६६०–०१–२३४३४ वा ९८०१५७१००१मा फोन गरेर अथवा berger टाइप गरी ३३३७७ मा एसएमएस पठाएर आफूलाई दर्ता गराउनु पर्नेछ । एकपटक दर्ता कार्य पूरा भएपछि हरेक घरका लागि छुट्टाछुट्टै एक विशेष दर्ता कोड फोन सम्पर्कको समयमा वा स्वचालित एसएमएस प्रणाली मार्फत् उपलब्ध गराइने कम्पनीले जनाएको छ ।  ।

यस अभियानका लागि घरलाई योग्यबनाउन घरधनीले कुनै परिमार्जन नगरिएको घरको फोटो अपलोड गर्न वा इमेल गर्न सक्नेछन् । 

साथै जुरीज च्वाइस र पब्लिक च्वाइस (बर्जर फेसबुक पेजमा अपलोड भएका घरहरु मध्ये सबैभन्दा बढी लाइक्स पाउने घर) ले रु.१० हजार नगद प्राप्त गर्नेछ ।

यो योजनाअन्तर्गत दर्ता गर्ने अवधि यही २०७४ भाद्र १५ गतेदेखि २०७४ मंसिर १५सम्म कायम गरिएको छ र घर रङ्गाउने कार्य २०७४ पुष १५ गतेसम्ममा पूरा गरिसक्नु पर्ने गरी समय सीमा तोकिएको छ ।