काठमाण्डौ । सन् १८८८ मा बर्था बेन्जले साबित गरेकी थिइन् कि उनका पति कार्लको मोटरब्यागन सुरक्षित र बिक्रीका लागि तयार छ। त्यतिबेलादेखि आजसम्म जर्मनी प्रिमियम कारहरु र कार संस्कृतिवाला देशका रुपमा चिनिन्छ ।

दक्षिण–पश्चिम जर्मनीको ब्ल्याक फरेस्ट सहरमा रिटायर्ड सेल्स एक्जिक्युटिभ एडगर मेयरले एउटा पुरानो सानो साँघुरो सडकमा गाडी घुमाउँदै जर्मनीमा कारको इतिहास सुनाउन थाले । सडकको दुवैतिर रुखहरु थियो र अंगुरका झुप्पाहरु माथिसम्म फैलिएको थियो । चराचुरुंगीका आवाजा र मेयरको बिन्टेज बीएमडब्ल्यू कारको आवाजबाहेक त्यहाँ अरु केहीको पनि आवाज गुन्जिएको थिएन ।

हामी व्यस्त सहर डोसेनहेमबाट अगाडि बढिरहेका थियौँ । तर त्यो शान्त साँघुरो सडकमा हामीमात्र थियौँ ।

प्राविधिक रुपले यो सडक बर्था बेन्ज मेमोरियल रुटका नामले परिचित छ । मेयरका अनुसार सन् १८८८ मा पेट्रोलबाट चल्ने पहिलो मोटकार चढेर संसारकै पहिलो रोड ट्रिपमा निस्केकी बर्था र उनका किशोर छोराहरुको अनुभव बुझ्नका लागि यो सडक सही ठाउँ थियो ।
बर्थाले म्यानहेममा आफ्नो घरबाट फौर्जाइमस्थित आफ्नी आमाको घरबीच १९४ किलोमिटर कारमा सफर तय गरेकी थिइन् । यसले उनी निडर पनि रहेको पत्ता लाग्छ ।

यो सफरको जानकारी बर्थाका पति कार्ललाई पनि थाहा थिएन । बर्थाको कार बेन्ज मोटरब्यागन नं. ३ उनका पतिले बनाएको मोटरब्यागनभन्दा थोरै भिन्न थियो । कार्लले आफ्नो मोटरब्यागन सन् १८८६ मा पेटेन्ट गरेका थिए । त्यही वर्षदेखि अटोमोबाइलको सुरुआत भएको मानिन्छ ।

बर्थाले पति कार्लको काममा मद्दत गर्नका लागि विवाहमा पाएको दाइजोको रकम लगानी गरेकी थिइन् । तर कार्लको मोटरब्यागन सडकमा चलाउन इजाजत प्राप्त भइसकेको थियएन ।

सरकारी अधिकारी मोटरब्यागनलाई शंकाका दृष्टिले हेर्थे । एउटा टेस्ट ड्राइभका क्रममा मोटरको आवाजले घाडा र कुकुरहरु पनि डराएर भित्र छिरेका थिए । यस्तोमा प्रोटोटाइप मोडललाई लिएर गैरकानुनी यात्रामा निकल्नु एउटा क्रान्तिकारी कदम थियो र यो घोषणा पनि भएको थियो कि यो सुरक्षित छ र यसलाई बेच्न पनि सकिन्छ । यसमा कार्ललाई पनि एउटा सन्देश थियो कि हिम्मत राख र अगाडि बढिराख।

मेयर भन्छन्, ‘अटोमोबाइलको आविष्कार कार्ल एक्लैले गरेका थिएनन् । यसमा उनकी पत्नी बर्थाको पनि हात छ । दुवैलाई मोटरब्यागनमा विश्वास थियो र एकसाथ काम गरेका थिए ।’

मेयरले सन् २००८ मा बर्था बेन्ज मेमोरियल रुटको नक्सा तयार गरे, जुन थुप्रै सहर र गाउँलाई छुन्छ । उनी भन्छन्, ‘म बर्थालाई इतिहासमा त्यो स्थान दिन चाहन्छु, जसको उनी हकदार छिन् ।’

यो सडकको नक्सा र जीपीएसभन्दा पहिलोको युगमा बर्था नदी तथा रेलको लिकहुँदै आफ्नी आमाको घरमा पुगेकी थिइन् । उनले २ हर्सपावर र ४ स्ट्रोक इन्जिनको सानो गाडीमा बसेर ढुंगे सडकको सफर गरेकी थिइन् । यसबाट थाहा हुन्छ कि उनी कति बहादुर थिइन्। सायद थोरै सन्की पनि थिइन् । हुन सक्छ उनलाई कायमाबीको सूत्र पनि थाहा थियो ।

अटोमोबाइल इन्डस्ट्रीको इतिहासमा जर्मनीको स्थान थाहा पाउन दक्षिण जर्मनीको यो औद्योगिक केन्द्रसम्म पुग्नुपरेको थियो । अहिले यी दुवै राज्यमा लग्जरी कार कम्पनीहरु छन् । यो दुवै सहर अहिले कारसंस्कृति र संग्रहालका केन्द्र पनि हुन् ।

बर्थाको सडकयात्राले अटोमोबाइल युगको सुरुआत भएको थियो ।

सन् १८८८ को अन्तसम्म मोटरब्यागन ३ को उत्पादन सुरु भएको थियो । १९०० को सुरुअतमा बेन्ज एन्ड सी संसारको सबैभन्दा ठूलो कार निर्माता कम्पनी बनेको थियो । त्यतिखेरदेखि अहिलेसम्म जर्मनी प्रिमियम कर र कार संस्कृतिको देशका रुपमा परिचित छ । – एजेन्सी