काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिवास नगरपालिकाको वार्ड नं ३, भब्सी, महोत्तरीस्थित  राष्ट्रिय आधारभूत विद्यालय भब्सीलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु ८०,००० को आर्थिक सहयोग प्रदान गरेको छ।

बुधबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास चोकबाट करिब ५ कि.मि. उत्तरतपÞर्m अवस्थित यस विद्यालयले स्थापनाकालदेखि नै त्यस क्षेत्रभित्रका विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाई ज्ञानको ज्योति छर्दै आएको छ । 

सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठनपाठनमा सहज होस् भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामाग्रीको खरिद गरी वितरण गर्ने कुरा जनाएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँचलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।