काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सितला बजारमा शाखा संचालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन बढैया ताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सितला बजार शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे पनि बैंकले जनाएको छ ।