काठमाण्डौ । गाईको दूध एउटा यस्तो आहार हो जसमा पोषणविज्ञहरु फरक–फरक धारणा राख्छन् । जसका कारण यसमा पाइने पोषणको विषयलाई लिएर वर्षौंदेखि विवाद चल्दै आएको छ । गाईको दूध मानिसका लागि कति स्वास्थ्यवद्र्धक र स्वास्थ्य प्रतिकूल छ त ?

गाईको दूध र यसबाट बन्ने परिकार मानिसको आहार बन्दै आएका छन् । वैज्ञानिकहरुका अनुसार गाईको दूध १० हजार वर्ष पहिलेदेखि नै मानिसको आहारका रुपमा रहेको छ ।

कतिपय वैज्ञानिकहरु गाईको दूध मानिसका लागि फाइदाजनक नरहेको दाबी गर्छन् । यो मतलाई समर्थन गर्दै अहिले विश्वभर थुप्रै मानिसको ध्यान गइरहेको छ । जसका कारण यसको खपतमा पनि कमी हुँदै गइरहेको छ ।

अमेरिकाको कृषि विकासका अनुसार सन् १९७० यता अमेरिकामा गाईको दूध खपतमा ४० प्रतिशतले कमी आएको छ । कतिपयले अमेरिकामा गाईको दूध खपतमा कमी आउनुमा विकल्पका रुपमा मानिसले सोया मिल्क र बादाम मिल्क प्रयोग थाल्नु पनि रहेको मान्दै आएका छन् ।

शाकाहारी बन्ने चलनले पनि गाईको दूध खपत प्रभावित भइरहेको छ। शाकाहारी प्रायः मासु र पशुसँग जोडिएका कुनै पनि खाद्यपदार्थ सेवन गर्दैनन् । जसमा दूध र अन्डा पनि समावेश छन् ।

यसका अतिरिक्त विश्वका करिब ६५ प्रतिशत मानिसमा ल्याक्टोज (दूधमा पाइने चिनी) पचाउने सीमित क्षमता राख्नुले पनि यसको खपतमा व्यापक प्रभावित भइरहेको छ ।

गाईको दूध कति फाइदाजनक ?

ब्रिटेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार गाईको दूध र त्यसबाट बन्ने परिकार जस्तै– पनिर, दुही, मख्खनले बढी मात्रामा क्याल्सियम र प्रोटिन प्रदान गर्छ । जुन सन्तुलित आहारका लागि अति आवश्यक हुन्छ ।

अमेरिकाको न्युट्रिसनिस्ट डोनल्ड हेन्सरड क्याल्सियम र प्रोटिनका आलावा गाईको दूधमा थुप्रै प्रकारका भिटामिन पाइन्छ । जुन भिटामिन ए र डीको तुलनामा धेरै स्वास्थ्यवद्र्धक हुन्छन् । उनी भन्छन्, ‘तपाइँ स्पष्ट हुनुहोस् कि गाईको दूध पौष्टिक र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’

ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार बालबालिका र वृद्धवृद्धालाई जतिमा मात्रामा आइरन, क्याल्सियम, भिटामिन र आयोडिन आवश्यक पर्छ, त्यो नियमित खानाबाट पूरा हुँदैन । त्यसैले उनीहरुको खानामा यी पोषण तत्व गाईकै दूधबाट पूरा हुने फाउन्डेसनको तर्क छ। गाईको दूध गर्भवती र व्यायाम गर्नेहरुका लागि पनि फाइदाजनक हुने उसको भनाइ छ ।

३०० मिलिलिटर दूधमा करिब ३५० मिलिग्राम क्याल्सियम हुन्छ । जुन १ देखि ३ वर्षका बच्चाका लागि देनिक आवश्यकताको आधा हो । 

गाईको दूध कति हानिकारक ?

गाईको दूध एउटा ठूलो समस्या पनि हो । यसमा अतिरिक्त फ्याट हुन्छ । यसमा फ्याटको मात्र अलि धेरै नै हुन्छ । त्यसैले विज्ञहरु किशारीकिशोरी र वयस्क मानिसलाई गाईको दूधबाट फ्याट हटाएरमात्र सेवन गर्न सल्लाह दिन्छन् ।

हेन्सरडका अनुसार वयस्कका लागि गाईको दूध भिटामिन र आयरनको एउटा राम्रो स्रोत हो तर यसबाट फ्याट हटाएरमात्र पिउन जरुरी छ । ‘यसबाट बन्ने पनि, मख्खन र दही सेवन गर्दा पनि ध्यान पुर्याउन आवश्यक छ’, उनी भन्छन् ।

न्युट्रिसनिस्टका अनुसार पनिरमा २० देखि ४० प्रतिशतसम्म फ्याट हुन्छ । त्यहीँ मख्खनमा केवल सामान्य फ्याट हुन्छ । यद्यपि यसको दूधमा स्याचुरेटेड फ्याट र नुनको मात्र ज्यादै हुन्छ ।

हेसरन्डका अनुसार यी खाद्यपदार्थ शरीरमा भारीमात्रामा क्यालरी प्रदान गर्न सक्छ । जुन बाल्यावस्था र किशारावस्थामा शरीरलाई त्यति आवश्यक हुँदैन । त्यसैले यी खाद्यपदार्थ मोटोपनको कारण पनि बन्न सक्छ ।

एलर्जी

गाईको दूधबाट अर्को समस्या पनि आउन सक्छ । केही मानिस गाईको दूध सेवन गर्दा एलर्जी हुन सक्ने बताउँछन् । यो समस्याप्रति गम्भीर धारणाहरु सार्वजनिक भइरहेका छन् ।

ब्रिटेनमा गाईको दूध सेवन गर्ने ५० जनामध्ये एकजनामा एलर्जीको समस्या देखिने गरेको छ । वल्र्ड एलर्जी अर्गनाइजेसनका अनुसार एक कष्टदायक सार्वजनिक स्वास्थ्य समस्याका रुपमा एलर्जीलाई लिन्छ । यो संस्थाले गाईको दूध सेवनबाट यो समस्या बढ्दै गएको दाबी गर्छ । – एजेन्सी