काठमाण्डौ । सिभिल बैंक लिमीटेडले बाँकेको कोहलपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । 

एक समारोहका बीच सो शाखाको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले उद्घाटन गरे । 

शाखा उद्घाटन समारोहमा स्थानीय सरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, व्यवसायी, राजनीतिक व्यक्तित्व तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

सो कार्यक्रममा सिभिल बैंकको प्रदेश नम्बर ५ का प्रमुख किरण धमलाको समेत उपस्थिति रहेको थियो ।