काठमाण्डौ । गायक, गीतकार तथा कम्पोजर कालीप्रसाद बाँसकोटाको लोकप्रिय गीत ‘माझी’ को प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो । जसमा विभिन्न प्रसिद्घ कलाकारको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।

बाँसकोटाको निकै लोकप्रिय गीत ‘माझी’ टुबोर्ग ओपन सेसन्स्को दोस्रो संस्करणमा प्रस्तुत गरिएको पहिलो गीत हो । गीतका शब्दहरुले एक सामान्य माझीको आशा, बेदना, भाग्य र गन्तब्यको कथा बताउँछ ।

बाँसुरीको आन्नदायी धुन र बाँसकोटाको स्वरले गीतलाई जीवन्त बनाएको छ । चलचित्र ‘पुरानो डुङ्गा’का लागि बाँसकोटाले लेखेको यो गीतले सबैको मन छुन सफल भएको छ । टुबोर्ग ओपन सेसन्स् २ को यस पहिलो गीतको संगीत निर्माता तथा एरेन्जर रोहित शाक्य रहेका छन् ।

बाँसकोटाका प्राय सबै गीत निकै प्रचलित छन् र धेरैले रुचाएकाले थुप्रै सांगीतिक अवार्डहरु हात पार्न सफल रहेका छन् ।

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् सिजन २ ले पहिलो संस्करणमा जस्तै नेपाली संगीतकारहरुलाई सँगै ल्याई थुप्रै नयाँ सांगीतिक प्रस्तुति र सहकार्यहरु पेश गर्ने क्रम जारी नै छ ।