काठमाण्डौ । बाइक चलाउँदा हामी यस्ता ससाना कुरालाई नजरअन्दाज गरिदिन्छौँ, जसले ठूलो दुर्घटनालाई निम्त्याउन सक्छ । दुर्घटना जुनसुकै बेला र जुनसुकै ठाउँमा पनि हुन सक्छ । यस्तो आफ्नो सुरक्षालाई कुनै पनि सम्झौता वा गल्तीहरुगर्न हुँदैन ।

यहाँ केही सामान्य विषयका बारेमा जानकारी दिन गइरहेका छौँ, जुन बाइक चलाउँदा हमेशा याद राख्नुपर्छ ।

१. बाइक चलाउनेहरु प्रायः आफ्नो सुरक्षाभन्दा पनि ट्राफिकको चलान काट्नबाट बच्नका लागि हेलमेटको प्रयोग गरेको देखिन्छ । यसका लागि उनीहरु कमसल सस्तो खाले हेलमेट किन्छन् । कमसल हेलमेट लगाउँदा दुर्घटना हुँदा जोगिने सम्भावना कम हुन्छ । त्यसैले हेलमेट किन्दा जहिले पनि सर्टिफाइड किन्नुपर्छ । हेलमेट किन्दा त्यसमा कस्तो मेटिरियल प्रयोग भएको छ, त्यो पनि विचार गर्नुपर्छ । 

२. बाइक चलाउँदा स्पिडलाई ध्यानमा राख्नुपर्छ । सडकको अवस्थामा ट्राफिक नियमअनुसार नै बाइकल चलाउनुपर्छ । जथाभावी बाइकल चलाउँदा अनाकहमा दुर्घटनाको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

३. हात र खुट्टाको दुवै ब्रेकको सही प्रयोग गरेर यदि बाइक रोक्नुहुन्छ भने तपाइँ एक कुशल चालक हो भन्ने साबित हुन्छ । यो तपाइँको सुरक्षाको दृष्टिले सही हो । त्यसैले दुवै ब्रेकलाई सही तरिकाले प्रयोग गर्नुहोस् ।

४. बाइक चलाउने अधिकांशले संकेतको प्रयोगमा लापबारही गर्छन् । यसले ठूलो दुर्घटनाको मुखमा पुर्याउन सक्छ । बाइकल चलाउँदा कतै मोडिनुपर्यो वा रोकिनुपर्यो भने साइड लाइटहरुको सही तरिकाले प्रयोग गर्नुपर्छ । यसले अगाडि र पछाडिबाट आउने अन्य गाडीलाई तपाइँले के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट जानकारी हुन्छ ।

५. बाइक चलाउँदा हमेशा तपाइँको अगाडि–पछाडि तथा दायाँ र बायाँ साइडबाट कुदिरहेका गाडीहरुसँग दूरी राख्न जरुरी हुन्छ । यदि कम दूरीमा बाइक कुदाइरहनुभएको छ भने अचानक हुने घटनामा तपाइँले आफ्नो बाइकमाथिको नियन्त्रण गुमाउन सक्नुहुन्छ, जसले गर्दा दुर्घटना हुन सक्छ ।

६. मोडहरुमा बाइक चलाउँदा निकै सतर्क हुनुपर्छ । त्यस्ता मोडहरुमा अन्य गाडीलाई ओभर टेक गर्ने कोसिस गर्न हुन्न । यदि मोडहरुमा अन्धाधुन्धा ओभर टेक गर्ने कोसिस गरियो भने अगाडिबाट आउने गाडी नदेखिँदा दुर्घटना निम्ति सक्छ । त्यसैले सीधा बाटोमा मात्रै अरु गाडीलाई संकेत दिएर ओभर टेक गर्दा सुरक्षित यात्रा गर्न सकिन्छ ।

७. पानी परेको र बर्फिलो सडकमा बाइक चलाउँदा निकै ध्यान दिनुपर्छ । किनकि पानी परेको बेला र बर्फिलो सडक चिप्लो हुन्छ, त्यसैले बाइक पनि चिप्लने सम्भावना हुन्छ । यस्तो तीव्र गतिमा भन्दा पनि आफूले नियन्त्रण गर्न सक्ने हिसाबले बाइक कुदाउनुपर्छ ।