काठमाण्डौ । लुम्बिनीका धर्मेन्द्र पलको तिहारका बेला आफ्नै मोटरसाइकल सफा गर्ने क्रममा चेनले औंला चुँडिन पुग्यो । बिहान करिब १० बजे बायाँ हातको दुई ओटा औंला चुँडिएका पल काठमाण्डौ आइपुग्दा झण्डै ४ बजेर ३० मिनेट भएकोे थियो ।

डा. ज्योति रायमाझी र डा.संगम रायमाझीको नेतृत्वमा सोही दिन ५ बजे शुरु भएको शल्यक्रिया राति १ बजे अर्थात अर्को दिन सम्पन्न भएको थियो । 

डा.रायमाझीका अनुसार औंलाको शल्यक्रिया आफैंमा जटिल रहेकोमा धर्मेन्द्र पलको औंलाको चोट र शल्यक्रिया नेपालको हकमा असामान्य नै थियो ।

८ घण्टा लगाएर जोडिएको औलाको हड्डीलाई के–वायरले जोडिएको, र २ वटा डिजिटल आर्टरी, २ वटै डिजिटल भेन, र २ वटा डिजिटल नशा मर्मत गरिएको थियो । 

औला चुँडिएपछि झण्डै १ साता अस्पतालमा भर्ना भएका धर्मेन्द पल भन्दाअघि पनि(करिब ५ महिनाअघि) पाटन औद्योगिक क्षेत्रभित्र काम गर्ने क्रममा औंला चुँडिएर “फिंगर रिप्लान्ट” गरिएकी महिला अहिले कलम समाएर लेख्न सक्ने  भइसकेकी अस्पतालको दाबी छ । यसपटक लुम्बिनीका पलको पनि डा. रायमाझीको टोली औंला जोड्न सफल भएको हो । 

साधारण रिप्लान्ट भन्दा औंलाको टुप्पोको भागको रिप्लान्ट गर्नु चुनौतीपूर्ण रहेको चिकित्सहरुको अनुभव रहेको छ । झण्डै १ साताको अस्पताल बसाईपछि धर्मेन्द्र पल घर फर्किसकेकका छन् ।