काठमाण्डौ। चीनको इलेक्ट्रिक भेइकल कम्पनी बाइटनले चालकरहित शानदार इलेक्ट्रिक सेडन कार ल्याउने भएको छ।

बाइटन के–बाइट नाम दिइएको यो कारले इलेक्ट्रिक कार टेस्ला मोडल ३ लाई टक्कर दिनेछ। यो चालकविहीन इलेक्ट्रिक कार हुुनेछ जुुन एकपटक फुुल चार्ज भएपछि ५२० किलोमिटरसम्म कुुद्नेछ। 

कहिले हुुन्छ लन्च ?

बाइटन के–बाइट इलेक्ट्रिक कारको अवधारणा सन् २०१८ मै पेस गरिएको थियो। लिक भएको केही जानकारीका अनुुसार कार सन् २०२१ मा बिक्रीका लागि उपलब्ध हुुन सक्ने बताइएको थियो। 

दुुईवटा भर्जन

के–बाइट इलेक्ट्रिक सेडन दुुईवटा भर्जन लन्च गरिनेछ। कारको बेस भेरियन्ट ७५ केडब्ल्यूएच र टप भेरियन्ट ९५ केडब्ल्यूएच ब्याट्री प्याकको साथमा आउनेछ। 

दुुईवटा भेरियन्टको रेन्ज

७५ केडब्ल्यएच ब्याट्री प्याकको साथमा आउने भेरियन्ट एक पटक फुुल चार्ज भएपछि २५० माइल अर्थात करिब ४०२ किलोमिटर सम्म चल्नेछ। त्यस्तै ९५ केडब्ल्यूएच ब्याट्री प्याकवाला भेरियन्टको रेन्ज ३२३ माइल अर्थात करिब ५२० किलोमिटरसम्म हुुनेछ। 

लेटेस्ट अटोनोमस ड्राइभिङ सिस्टम

बाइटनका अनुुसार के–बाइट कार लेवल–४ अटोनोमस ड्राइभिङ सिस्टमबाट सुुसज्जित हुुनेछ। उता टेस्लाको सबै इलेक्ट्रिक कारहरुमा लेवल ३ सेल्फ ड्राइभिङ हार्डवेयर रहेको छ। के–बाइट जब लन्च हुुनेछ तब लेवल–४ अटोनोमस ड्राइभिङ सिस्टम काफी शानदार हुुनेछ। 

आर्कषक लुुक्स र शानदार इन्टेरियर 

स्लिक डिजाइन र शानदार इन्टेरियरले गर्दा ग्राहकहरु यस कारप्रति आर्कषित हुनेछन्। कारको भित्र ठूलो डिजिटल इन्फोन्मेन्ट स्क्रिन दिइएको छ। जसले फ्रन्ट ड्यासबोर्ड एरियालाई कभर गर्ने गर्दछ। 

यसका अलावा स्टेयरिङ ह्विलमा एउटा छोटो स्क्रिन पनि पनि छ। कारको इन्टेरियर बेज कलरमा रहेको छ। 

कति हुुनेछ मूल्य ?

बाइटन के–बाइट इलेक्ट्रिक कारको बेस मोडलको मूल्य करिब ४५ हजार डलर पर्नेछ। – एजेन्सी