काठमाण्डौ । नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघ(हिन)का अध्यक्ष तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य ताराबहादुर कुँवरको अग्रसरतामा चक्रपथ सफाई अभियान सुरु भएको छ । 

बागमति जस्तै काठमाडौंमा ‘चक्रपथ सरसफाई अभियान’ पनि सुरु गरिएको हो । 

बाग्मती सरसफाई अभियानले चर्चा पाएसँगै भदौ ३ गतेबाट अभियान सुरु गरेका उनले प्रत्येक हप्ता शनिबार सफाई गर्दै आएका हुन् । अभियानको पहिलो दिनमा बाफलदेखि स्युचाटारसम्म सरसफाई गरिएको थियो । 

‘हजुरलाई नमस्ते ट्रेडिङ’का प्रोपाइटर समेत रहेका अभियन्ता कुँवरले सरसफाई अभियानमा स्थानीय, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राजनीतिकर्मीहरु समेत खटिएका सञ्चारकर्मीलाई बताए । सफाई अभियान हरेक शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आइरहेको अभियन्ता कुँवरले जानकारी दिए । 

शनिबार सफाईमा नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारी, काठमाण्डौं महानगरपालिका १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर वडासदस्य रामबाबु कोइराला, नागार्जुन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष करुणकुमार बलामी, वडा सदस्य विशेश्वर ढुंगाना, सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक राजु महर्जन, नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगायतको सहभागिता थियो ।