काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभू बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय स्थापना गरी बिहीबारदेखि संचालनमा ल्याएको छ ।

बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा सो गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले एक समारोहका बीच उद्घाटन गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । 

आजदेखि सञ्चालनमाआएकोबैंककोवडिगाड शाखाकार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघसंस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ।