काठमाण्डौ । महालक्ष्मी विकास बैंकले सोमबारदेखि काठमाण्डौको नयाँ बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

यो बैंकको ७२ औं शाखा हो । 

महालक्ष्मी विकास बैंकको चुक्तापुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले चैत्र मसान्तसम्म रु. २५ अर्ब ११ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढी रहेको छ ।