काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले काठमाडौंको रिङरोडमा पर्ने सोल्टीदोबाटो चोकस्थित बाफलमा नयाँ शाखा खोलेको छ । 

शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उद्घाटन गरे ।

विशेषत कलंकी तथा सितापाइला आसपासका स्थानीयलाई वित्तीय कारोबार छिटो, छरितो र सहज तवरले प्रदान गर्न न्यूरोडको मुञ्चा हाउसमा संचालित शाखालाई बाफलमा स्थानान्तरण गरिएको हो । नेपाल इन्भेष्टमेण्ट बैंकको योसहित ७७ वटा शाखा रहेको छ ।

सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले  वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार बैंकले सेवा विस्तारको अभियानलाई निरन्तरता दिइरहेको हो । 

आठलाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडको १०३ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।