काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक(बाफिया)को संसोधन प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । 

योसँगै बाफियाको संसोधन प्रस्ताव अब अर्थमन्त्री डा. युवराज खतिवडाबाट संघीय संसदमा टेबल हुनेछ । 

बाफियाको संसोधनमा बैंकर र व्यवसायी छुट्याउने तथा बैंकका संचालक र सीइओहरुको उमेर हद समेत तोकिने व्यवस्था छ । 

संसदबाट यो संसोधन प्रस्ताव पारित भएको खण्डमा बैंकर र व्यवसायी छुट्याइनेछ । यसले एउटै व्यक्ति बैंकर पनि हुने र व्यवसायी पनि बन्ने विकृति अन्त हुने अपेक्षा गरिएको छ । 

यस्तै, राष्ट्रबैंकले सर्कुलरमार्फत नै लागू गर्न खोजे पनि सर्वोच्चको आदेशका कारण धरापमा परेको बैंकका सीइओ र संचालकको उमेर हद सम्बन्धी व्यवस्था समेत पुनः ब्यूँतिनेछ । 

बाफियाको संसोधनमा बैंकका संचालकको उमेर ७० वर्ष र सीइओको उमेर ६५ वर्ष हुने व्यवस्था गरिएको छ ।