काठमाण्डौ । खाद्यान्नको विजिनेशमा मल्टिनेशन कम्पनीलाई टक्कर दिने सफलता पाएका बाबा रामदेवले अब प्राइभेट सेक्युरिटी विजिनेश समेत सुरु गर्ने भएका छन् । बिहीबार हरिद्वारस्थित पतञ्जली योगपीठमा पराक्रम सुरक्षा प्राइभेट लिमीटेड नामबाट सेक्युरिटी कम्पनीको सुरुवात गरिएको छ । 

पराक्रम सेक्युरिटीले सेना तथा पुलिसका रिटायर्ड भएका सैनिक तथा अफिसरहरुलाई नोकरीका लागि हायर गर्नेछ । 

यसअघि बाबा रामदेवको पतञ्जली आयुर्वेद एफएमसीजी सेक्टरमा प्रत्येक वर्ष लगभग १०० प्रतिशतको दरले प्रगति गरिरहेको छ । यही कारण पतञ्जलीका सीइओ आचार्य बालकृष्ण २५ हजार ६ सय करोड रुपैयाँको सम्पत्तिको साथ भारतकै २५ औं धनी व्यक्ति बन्न सफल भइसकेका छन् । 

बाबा रामदेवले पराक्रम सुरक्षा प्राइभेट लिमीटेडको मुख्य स्लोगन पराक्रम सुरक्षा, तपाईको रक्षा राखिएको छ । 

यसअघि बाबा रामदेवले रेडिमेड गार्मेन्टको विजिनेश समेत सुरु गर्ने घोषणा गरिसकेका छन् । 

उनले पतञ्जलीको नामबाटै बजारमा स्वदेशी जिन्स उत्पादन थाल्ने समेत घोषणा गरेका थिए ।  पछिल्लो समय पतञ्जलीले आफ्नो वार्षिक रिजल्ट घोषणा गरेको थियो । जस अनुसार पतञ्जलीको कुल कारोबार २० हजार करोड रुपैयाँ माथि पुगिसकेको छ । जबकि एकवर्षअघि यो कारोबार मात्र १० हजार करोडको स्तरमा थियो । त्यो भन्दा अघिल्लो वर्ष ५ हजार करोडमा मात्र थियो । यो हिसाबले पतञ्जलीले प्रत्येक वर्ष सतप्रतिशत ग्रोथ निकाल्दै आएको छ । 

एक रिपोर्टलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाए अनुसार सन् २००६ मा भारतमा प्राइभेट सेक्युरिटी गार्ड सर्भिसेज उद्योग करिब २२ हजार करोड रुपैयाको थियो । जुन २०१५ मा आएर ४० हजार करोडको भएको छ । हाल भारतभर १५ सय सेक्युरिटी गार्ड प्रोभाइडर कम्पनीहरु रहेका छन् । जहाँ ५० लाख बढी सेक्युरिटी गार्डहरु रहेका छन् ।