काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा बुधबार बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । 

यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा सञ्जाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउण्टर, १०३ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स, ५१ शाखारहित बैंकिङ्ग अनि ४०० भन्दा बढी मोबाईल एजेण्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।