काठमाण्डौ । सिभिल बैंक लिमीटेडले बाराको गञ्जभवानीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

एक समारोहका बीच गञ्जभवानीपुर शाखाको महागढीमाई नगरपालिकामा मेयर उपेन्द्रप्रसाद यादवले गरेका बैंकले जनाएको छ । 

शाखा उद्घाटन समारोहमा स्थानीय विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका प्रदेश नम्बर २ का प्रमुख दीपकुमार श्रेष्ठ, सो क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । 

योसहित बैंकको शाखा संख्या बढेर ९१ पुगेको छ ।