काठमाण्डौ । भरतपुर महानगरपालिकामा मतगणनाको अन्तिम अवस्थामा मतपत्र च्यातेर पुनः निर्वाचन गराई परिणाम आफ्नो पोल्टामा पारेको माओवादी केन्द्रले बाराको बारागढीमा पनि भरतपुर प्रकरण दोहोर्याउने असफल प्रयास गरेको छ । 

बारागढी गाउँपालिकाको मतगणनाको क्रममा आफ्ना प्रतिनिधि नभएको अवस्थामा प्रक्रिया नरोकिएको भन्दै माओवादी कार्यकर्ताले मतपत्र च्यात्न खोजेका थिए । भरतपुर प्रकरण दोहोरिनसक्ने देखेर सो क्षेत्रको मतगणना कार्य २ घण्टाका लागि स्थगित गरिएको स्थानीय संचारकर्मीहरुले बिजशालालाई बताएका छन् । 

 त्यहाँ स्थगित मतगणनालाई सुचारु गर्ने र गणनास्थललाई सुरक्षित बनाएर अगाडि बढ्ने बिषयमा अहिले सर्वदलीय र सर्वपक्षीय बैठक बसिरहेको छ ।