काठमाण्डौ । नेपालका लागि महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटो वक्र्स्ले आफ्नो डिलरहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 
 
कार्यक्रम बलाजू अटो वक्र्स तालिम केन्द्र वीरगञ्जमा भएको हो । यो कार्यक्रमको मुख्य लक्ष्य उत्कृष्ट सर्भिस तथा महिन्द्रा जेन्यून स्पेयर पार्टस् र लुब्रिकेन्टको सही उपयोग सम्बन्धी सीप विकास गराई उनीहरुलाई सक्षम बनाउनु रहेको कम्पनीले बताएको छ । 
 
यस तालिममार्फत प्राविधिकले ग्राहकहरुको आवश्यकतालाई अझ बढी उचित ढंगले समाधान दिन सक्ने बताइएको छ । यस दुई दिने कार्यक्रममा प्रतिनिधिहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक दुबै प्रकारको तालिम दिइएको थियो ।
 
कार्यक्रममा नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री मेनेजर तपस पटनायक तथा बालाजू अटो वक्र्सका सिनियर इञ्जिनियर दीपक आचार्यले प्रशिक्षण दिएका थिए ।