काठमाण्डौ । महिन्द्रा गाडीहरुका आधिकारिक बिक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स्ले स्थानीय रुपमा प्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 

यस कार्यक्रमको मुख्य लक्ष्य महिन्द्रा जेनुइन स्पेयर पार्ट्स तथा लुब्रिकेन्टको सही उपयोग तथा उत्कृष्ट सर्भिसिङ्ग सम्बन्धी सीप विकास गराई उनीहरुलाई प्राविधिक रुपमा सक्षम बनाउनु रहेको कम्पनीले जनाएको छ । यो कार्यक्रमार्फत उनीहरुले ग्राहकहरुको आवश्यकतालाई झनै उचित ढंगले समाधान दिन सक्ने विश्वास गरिएको छ । 

चैतन्य कगलकार (नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका कन्ट्री म्यानेजर), तपस पटनाइक (महिन्द्रा एण्ड महिन्द्रा, इन्डियाका आफ्टर–सेल्स् कन्ट्री म्यानेजर) तथा वरदान बस्नेत (अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट डिरेक्टर)को मुख्य आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो।