काठमाण्डौ । कतिपय अवस्थामा कम्पनीका कामदारहरु बिजनेस ट्रिपमा जानुपर्ने हुन्छ । बिजनेस ट्रिपमा हुँदा ‘सेक्स’ सँग जोडिएका घटनाहरु कहिलेकाहीँ सार्वजनिक हुने गरेका छन् । सेक्ससँग जोडिएका घटनालाई कामकै एउटा हिस्सा मान्ने कि न मान्ने बहसको विषय बन्न सक्छ ।

फ्रान्सको एउटा अदालतले भने बिजनेस ट्रिपका क्रममा कामदारहरु ‘सेक्स’ मा रमाउने घटनालाई कामकै एउटा हिस्साका रुपमा व्याख्या गरेको छ । खासगरी अदालतको यो व्याख्याले फ्रान्सका ठूलठूला कम्पनीहरु झस्किएका छन् ।

अदालतले यस्तो व्याख्या किन गर्यो त ? यसबारे जोडिएको घटनाबारे विस्तृत रुपमा यहाँ वर्णन गरिएको छ ।

घटना सन् २०१३ को हो । फ्रान्सको रेल इन्जिनियरिङ कम्पनीमा कार्यरत जेबियर नाम गरेका एक कर्मचारी बिजनेस ट्रिपमा गएका थिए । बिजनेस ट्रिपमा रहँदा जेबियरको मृत्यु भयो । मृत्युको कारणलाई लिएर कम्पनी र मृतकका परिवारजनबीच निकै ठूलो झमेला नै भयो ।

जेबियर बिजनेस ट्रिपमा रहँदा एक दिन एक महिलासँग सेक्समा सामेल भए । सेक्समा सामेल हुँदै गर्दा जेबियरको अचानक हर्डअट्याक भएर मृत्यु भयो। मृत्युको कारण थाहा पाएपछि कम्पनीले क्षतिपूर्ति दिन इन्कार गर्यो । तर परिवारजन र इन्स्योरेन्स कम्पनीले यसलाई मान्न तयार भएनन्, उनीहरु क्षतिपूर्ति पाउनुपर्ने अडानमा डटिरहे ।

यो मामिला अदालतमा पुग्यो । त्यसपछि एक वकिलले यो मामिलालाई सार्वजनिक गरे ।

कम्पनीले जेबियर बिजनेस ट्रिपमा हुँदा कम्पनीले तोकेको होटलमा नबसी ती महिलासँगै अन्य ठाउँमा रमाउँदा मृत्यु भएकोले कम्पनी जिम्मेवारी नहुने अडान लिएको थियो । तर हालै अदालतले बिजनेस ट्रिपमा रहँदा कामदार पूर्ण जिम्मेवारी कम्पनीकै हुने फैसला सुनायो। 
अदालतले बिजनेस ट्रिपमा गएका कामदार समयसीमा नहुने भएकोले उनले त्यस अवधिमा कुनै महिलासँग राखेको सेक्स सम्बन्धलाई पनि कामसरहकै मान्य दियो । अदालतले यसरी बिजनेट ट्रिपमा रहेका कामदारको कुनै पनि बेला कुनै भवितव्य भएमा सबै जिम्मेवारी कम्पनीले नै लिनुपर्ने ठहर गर्दै उचित क्षतिपूर्तिका लागि आदेश दियो।

यसरी अदालतको आदेशसँगै कम्पनीले जेबियरकी पत्नीलाई मासिक ४० प्रतिशत पेन्सन दिने भएको छ । – एजेन्सी