काठमाण्डौ । चीनले आफ्नो शहरी इलाकाबाट सडकबत्ती हटाउने तथा बिजुली बचाउने उद्देश्यका साथ आफ्नै नक्कली जून लञ्च गर्ने तयारीमा लागेको छ । चीनको दाबी अनुसार यो चम्किलो उपग्रहबाट शहरको ८० वर्ग किलोमिटरको क्षेत्रसम्म रातिको समयमा पर्याप्त उज्यालो हुनेछ, त्यस क्षेत्रलाई उज्यालो बनाउनका लागि सडकबत्तीको आवश्कयता पर्ने छैन । यो नक्कली जूनबाट १७.२ करोड बिजुलीको बचत हुनेछ । चीनको यो कृत्रिम जून २०२० देखि २०२२ सम्म लञ्च गर्न सकिनेछ । यो प्रोजेक्ट एयरस्पेस साइन्स एण्ड टेक्नोलोजी माइक्रोइलेक्टोनिक्स सिस्टम रिसर्च इन्स्टिच्यूट कर्पोरेसन विकास गरिरहेको छ । 

असली जूनभन्दा आठ गुणा बढी उज्यालो
यो कृत्रिम जूनले असली जूनको तुलनामा आठ गुणा बढी उज्यालो दिनेछ । यो जूनले सडकलाई उज्यालो बनाइराख्नेछ । तथापि, यो प्रोजेक्टबाट वातावरणमा कैयन कारणले नकारात्मक असर पर्ने संभावना रहेको बताइएको छ । तर, चीनले दाबी गरेको छ कि कृत्रिम जूनबाट प्रकाशको तीव्रता तथा समयलाई समेत एडजस्ट गरिनेछ र उज्यालो प्रकाशलाई मिटरको सटिकताले नियन्त्रण गर्न सकिनेछ । जब नक्कली जूनले चक्कर लगाइरहेको हुन्छ, त्यसबेला मानिसले आकाशमा एक चम्किलो ताराको अनुभव गर्नेछन् । चीनको दाबी अनुसार यसले प्रकृति, मानिस र जनावरलाई कुनै पनि किसिमको नोक्सानी हुने छैन ।

५०० किलोमिटरको उचाईमा हुने छ नक्कली जून
मिडिया रिपोर्टअनुसार यो नक्कली जून ५०० किलोमिटरको उचाईमा हुनेछ । खासमा यो एउटा सिसा हुनेछ, जुन चेंगदुमा करिब ५०० किलोमिटरको उचाईमा केन्द्रीत गरिनेछ । यो शिशाले रातमा सूर्यको प्रकाशलाई प्रदर्शित गर्नेछ । यसको माध्यमबाट चेंगदुमा १.६ मिलियनको आवादीका लागि स्टीट लाइटको विकल्प समेत खोजिनेछ । रिपोर्टका अनुसार यो नक्कली जून १० देखि ८० किलोमिटरसम्मको क्षेत्रलाई आफ्नो प्रकाशले उज्यालो बनाइदिनेछ । जहाँ यसको उज्यालो हुन्छ, र त्यो इलाका ५० स्क्वायर किलोमिटर रहेको छ भने करिब १७० मिलियन डलरको लागत लाग्ने बिजुलीको बचत हुनसक्ने बताइन्छ ।

रुसले समेत गरिसकेको छ यो प्रयोग
चीनभन्दा अगाडि रुसले समेत यो प्रयोग गरिसकेको छ । सन् १९९३ मा रुसले झन्माया नामबाट एक प्लाष्टिकको शिशा तयार गरेको थियो । ६५ फिटको झन्मायाले प्रकाशको हल्का किरण प्रदर्शन गरेको थियो । धर्तिमा रहेका मानिसले त्यसलाई एक ताराको रुपमा हेरेका थिए ।