काठमाण्डौ । गर्मी सुरु भइसकेको छ । नेपालका केही तराई भेगको तापमान निकै माथि पुगिसकेको छ । गर्मीयामको सुरुवातसँगै नेपाल विद्युत प्राधिकरणले बिजुली काट्ने समयलाई थाहा नपाई बढाइरहेको छ । यस्तो अवस्थामा गर्मीबाट घर अझ तात्ने र यसले दैनिकी नै पीडादायक हुने गर्छ । तर आफ्नो घरमा केही सामान्य परिवतर्न गर्ने हो भने जस्तोसुकै धेरै गर्मी भए पनि छुट्कारा पाउन सकिन्छ । यस्ता उपाय अपनाउँदा बिजुली नहुँदा समेत घरलाई शितलै राख्न सकिन्छ । आउनुहोस्, औधी गर्मीमा पनि घरलाई शितल राखिरहने केही सामान्य तरिकाको बिषयमा जानीराखौं :

यी सामान्य परिवर्तन गर्नुहोस्
अमेरिकी उर्जा विभागका अनुसार यदि घरमा सही ठाउँमा झ्याल राख्ने हो भने घरभित्रको ७७ प्रतिशत गर्मीलाई कम गर्न सकिन्छ । झ्यालमाथिको छाना सिमेन्टको नबनाएर काठको बनाउनुपर्छ । झ्यालको सिसामा इनर्जी सेभिङ फिल्म(सिसामाथि लगाउने विशेषखालको प्लाष्टिकजन्य टेप) लगाउनुहोस् । झ्याल यस्तो ठाउँमा होस्, जहाँबाट बाहिरको हावा घरमा प्रवेश गर्छ । यसकारण घरको गर्मी सधैं कम गर्नका लागि झ्यालहरुलाई दक्षिण तथा पश्चिमको दिशामा राख्नुपर्छ । किनभने सूूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ । यी दुुई दिशामा झ्याल राखियो भने घरभित्र निकै धेरै गर्मी प्रवेश गर्न पाउँछ । दक्षिण पश्चिम दिशामा झ्याल राख्दा सूूर्यको प्रकाश घरमा प्रवेश गर्न पाउँदैन । 

छतमा यस्तो पेन्ट गर्नुहोस्


कयौं कम्पनीले हिट प्रूफिंग पेन्ट(तापमानबाट बचाउने पेन्ट) निर्माण गर्छन् । यस्तो पेन्टलाई छतमा लगाइदिने हो भने घरभित्र प्रवेश गर्ने गर्मीको मात्रा १५ प्रतिशतसम्म कम गर्न सकिन्छ । यो पेन्टका कारण छत कम तात्नेछ र छत कम तात्दा घरभित्र गर्मी पनि कम हुनेछ । 

घरको छतमा मात्र होइन, घरभित्र लगाउने पेन्ट पनि सही छनौट गर्नुपर्छ । यो चक्करमा धेरै मानिस पेन्टको गुणस्तरमा सम्झौता गरिरहेका हुन्छन्, यो गलत प्रवृति हो । पेन्टले घरलाई इकोफ्रेन्ड्ली मात्र बनाउँदैन, तापमान नियन्त्रणमा पनि निकै ठूलो भूमिका निर्वाह गर्छ । अधिकांश मानिस घरमा आयलबेस्ड पेन्ट लगाउन मन पराउँछन्, जुन महंगो पनि हुन्छ । तर तापमान कम गर्नका लागि वाटरबेस्ड पेन्टको चाहि प्रयोग गर्नुपर्ने हुन्छ । वाटर बेस्ड पेन्टले उर्जालाई रिफ्लेक्ट गरिदिन्छ । 

बत्ती र इलेक्टोनिक सामानको सही प्रयोग
घरभित्र गर्मी बढाउन बत्तीको निकै ठूलो भूमिका हुन्छ । गर्मी कम गर्नका लागि घरभित्र निकै कम बल्बहरुको मात्र प्रयोग गर्नुपर्छ । मरकरी वा ठूला झुमरको साटो सिएफएल तथा एलइडी बल्बको बढी प्रयोग गर्नुपर्छ । यसबाट कम गर्मी उत्पादन हुन्छ र यस्ता बल्बले घरलाई शितल राख्न सहयोग गर्नेछन् । कम्प्युटर, टेलिभिजन तथा अन्य कुनै इलेक्टोनिक्स सामानले घरभित्र गर्मी बढाइदिन्छन् । त्यसकारण जब यी सामान चलाउन आवश्यक हुन्न, त्यसबेला यिनीहरुलाई बिजुलीको कनेक्सनबाट अनप्लग गरिदिनुहोस् ।

बाहिरी गर्मीबाट यसरी बचौं


भित्तामा घाम परेपछि त्यसको असरले घरभित्रको तापमान पनि बढ्छ । यदि भित्ता शितल राख्न सकियो भने घरभित्रको वातावरणलाई पनि शितल राख्न सकिन्छ । यसकारण घरको बाहिरी भित्तामा हिट रिफ्लेक्ट हुने खालको पेन्ट प्रयोग गर्नुपर्छ । यसबाट बाहिरी गर्मीको असरलाई निकै हदसम्म कम गराउन सकिन्छ । 

घरभित्र अण्डरफ्लोर हिटिंगको प्रयोग


घरभित्र तापमान कम गर्नका लागि भूूइँमा इन्फ्रारेड अण्डरफ्लोर हिटिंग प्रयोग गर्नुहोस् । यसले घरको भूूइँलाई मात्र शितल राख्दैन, यसले घरको तापमानलाई पनि राम्रोसँग नियन्त्रण गरिदिन्छ । यसले घरलाई ठण्डा राखिरहन सामान्य अवस्थामा चल्ने एसीको जस्तै शितलता प्रदान गर्न सक्छ ।

बोटबिरुवा रोप्नुहोस्
घरलाई प्राकृतिक रुपले शितल बनाइराख्नका लागि बाहिर र भित्र विभिन्न वनस्पतिहरुको बोटबिरुवा रोप्नुहोस् । सकिन्छ भने घरबाहिर दक्षिण पश्चिम दिशामा रुख रोप्नुहोस् । भरभित्र इण्डोर प्लान्ट लगाउनुहोस् । बजारमा कयौं यस्ता इण्डोर प्लान्ट पाइन्छ, जसले घरलाई शितल बनाइराख्न मद्धत गर्छन । एक रिसर्चका अनुसार यदि घरको आसपास रुखबिरुवा छ भने त्यसले घरभित्रको तापमानलाई १५ डिग्रीसम्म कम गराइदिन्छ । 

घरको गर्मी बाहिर निकाल्नुहोस्
घरभित्रको गर्मीलाई बाहिर निकाल्नका लागि किचेनमा चिमनीको प्रयोग गर्नुहोस् । बेडरुम तथा डाइनिंग रुममा समेत सही ठाउँमा भेन्टिलेसन लगाउनुुपर्छ । बाहिरबाट गर्मी भित्र प्रवेश गर्ने प्वाइन्ट्स वा दूलादूलीलाई टालिदिनुहोस् । ढोकामा स्क्रीनको प्रयोग गर्नुहोला । यी उपायबाट घरभित्रको गर्मीलाई निकै धेरै कम गर्न सकिन्छ ।