काठमाण्डौ । कुनै बैंकमा बचत खाता खोलेकै भरमा तपाईलाई लाखौं मूल्य बराबरको बिमाको कभरेज प्राप्त हुन्छ भन्ने कल्पना गर्नुभएको छ ? बैंकमा खाता खोल्दा ५० हजारदेखि एकलाखसम्मको अस्पतालको उपचार खर्च पाइन्छभन्दा धेरैलाई पत्यार नलाग्ला पनि।

सो बैंकबाट दिइएको एटीएमबाट देशका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क व्यहोर्नु पर्दैन भनियो भने कत्तिले त नपत्याउलान् पनि । नपत्याउनेहरुलाई नपत्याउने छुट छ, तर नेपालको बैंकिङ उद्योगमा नवीन प्रडक्ट र सुविधाहरुमा क्रान्तिकारी परिवर्तनसहितको सुविधा दिंदै आएको एनआइसी एशिया बैंकले आम मानिसले कल्पनै नगरेको सुविधासहितका बचत प्रडक्टहरु बजारमा ल्याएको छ । 

यो बैंकले पछिल्लो पटक ल्याएको ‘न्यू सुपर चमात्कारिक बचत खाता’ तथा यही वर्गका अन्य खालका खातामा तपाईले कल्पना गर्न नभ्याएको सुविधा पाउनुहुन्छ । 

बैंकिङ उद्योगका जानकारहरुले एनआइसी एशियाले ल्याएको पछिल्लो यो प्रडक्टमा अफर गरिएको सुविधा देशका कुनै पनि बैंकले दिन नसकेका दाबी गरेका छन् । ‘एनआइसी एशियाले खाता खोलेकै कारण सित्तैमा जति सुविधा उपलब्ध गराएको छ, यो विषय जनताले राम्रोसँग बुझ्ने हो भने यो बैंकमा खाता खोल्नेको थामिनसक्नु लाइन लाग्नसक्छ ।’ बैंकिङ उद्योगका एक जानकार भन्छन्–‘यति अपत्यारिला र बग्रेल्ती सुविधा दिएको विषयमा बैंकले सर्वसाधारणलाई बुझाउन नसकेको हो कि जस्तो देखिन्छ ।’

आखिर बैंकले बुझाउन नसकेको चमत्कारिक खाताका सुविधा के के छन् त ? ती खाता खोल्दाका शर्तहरु के के हुन ? यी खाता खोल्दा सर्वसाधारणले कसरी लाभ लिन सक्लान् ? हामीले बुँदागत रुपमा यो विषयलाई केलाउने प्रयास गरेका छौ:

न्यू सुपर चमात्कारिक निक्षेप योजना
बैंकले हालै यो निक्षेप योजना सार्वजनिक गरेको हो । यो योजनामा समाहित भई बैंकमा खाता खोल्दा उत्कृष्ट बिमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङको सुविधादेखि निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० अपत्यारिला छुट र फाइदाहरु समेटिएका छन् । 

बैंकको वेबसाइटअनुसार यस्तो खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्नेछन् । यो योजनाका केही क्याटेगोरीमा यो सुविधा शून्य मौज्दातमा खाता खोल्दा पनि पाइन्छ । 

खातावालको दुर्घटना भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु. १० लाखसम्मको बिमा सुविधा, १८ घातक रोगहरुको उपचारका लागि १० लाखसम्मको बिमा सुविधा र रु. १ लाखसम्मको औषधि उपचार बिमा सुविधाहरु पाइनेछ । 

औषधि उपचार बिमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई बहिरंग(ओपीडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना बापत रु. ८० हजारसम्मको सुविधा प्रदान गर्नेछ । यी बिमा सुविधाहरु बापत लाग्ने प्रिमियम बैंकले एभरेष्ट इन्स्योरेन्स लिमीटेडलाई तिर्नेछ । 

बचत खातामा तीन सेरिज
बैंकले बचत खाता खोल्न चाहने अनेक वर्गका निक्षेपकर्ताको सुविधालाई ध्यानमा राखी तीन खालका खाता स्ट्याण्डर्ड(सेरिज) किटान गर्दै सोहीअनुसारको सुविधाहरु समेत उपलब्ध गराएको छ । हेरौं तीन भेरिएन्ट्स र तिनमा उपलब्ध सुविधा:

डायमण्ड
यो क्याटेगोरीको खाता खोल्नका लागि न्यूनतम ब्यालेन्स रु. ५० हजार हुनुपर्नेछ । वार्षिक ब्याजदर ६.५ प्रतिशत तोकिएको यो खातामा डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ निःशुल्क गरिएको छ । 

यस्तै, यस्तो खाता खोल्नेहरुका लागि १० लाखसम्मको दुर्घटना बिमा, १० लाखसम्मको घातक रोगको उपचार, १ लाखसम्मको अस्पताल खर्च बैंकले नै व्यहोर्नेछ । यो खातामा स्वीप इन स्वीप आउटको सुविधा समेत उपलब्ध छ । जसअन्तर्गत बैंकले सुपर चमात्कारिक बचत खातामा २ लाखभन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्धति निक्षेपमा स्वतः रकमान्तर गर्ने र सो रकममा ९.७५ सम्मको ब्याजदर प्रदान गरिने बताइएको छ । यसको अर्थ बचत खातामा समेत निक्षेपकर्ताले मुद्धतीको जस्तो ब्याजदर सुविधा पाउनेछन् । 

बैंकले लकर सुविधा, एबिबिएस सेवा, मासिक निक्षेप खाता खोल्ने सुविधा, डिम्याट खाता ओपनिङ लगायतका सबै सुुविधा निःशुल्क गरिएको छ । ब्यालेन्स सर्टिफिकेट इस्यू, गुड फर पेमेन्ट चेक इस्यू, इन्टरनेशनल डलर कार्ड समेत निःशुल्क गरेको छ । 

यस्तै, कर्जाको प्रोसेसिङ शुल्कमा भारी छुट, इकमर्स एक्टीभेसन, स्कीम ट्रान्सफर चार्ज, प्रिभिलेज कार्ड लगायतका सुविधा समेत निःशुल्क उपलब्ध हुनेछन् । 

सिल्भर
यो सेरिजको बचत खाता खोल्दा न्यूनतम ब्यालेन्स १ हजार हुनुपर्नेछ । यसमा समेत बैंकले प्रवाह गर्ने सुविधामा छुटको अफर छ । १० लाखसम्मको दुर्घटना बिमाको कभरेज, २ लाखसम्मको घातक रोगहरु लाग्दाको कभरेज र ५० हजारसम्मको अस्पताल उपचार खर्च उपलब्ध गराइनेछ । यो सेरिजमा भने स्वीप इन स्वीप आउटको सुविधा छैन ।

गोल्ड
यो सेरिजको खाता खोल्न न्यूनतम २५ हजार रुपैयाँ ब्यालेन्स राख्नुपर्ने हुन्छ । डायमण्ड सेरिजमा झै बैंकका अधिकांश सेवामा यो क्याटेगोरीको खाता खोल्दा पनि छुट हुनेछ, तर छुटको मात्रा भने केही कम हुनेछ । यसमा भने स्वीप इन स्वीप आउटको सुविधा चाहि उपलब्ध छैन ।  

आकर्षक तलब खाता योजना
एनआइसी एशिया बैंकले न्यू सुपर चमात्कारिक बचत खाता अन्तर्गत चमात्कारिक तलब बचत खाताको स्किम समेत सार्वजनिक गरेको छ । संगठित संस्थाका लागि यो बचत खाता वरदान नै सावित हुने देखिन्छ । किनभने यति धेरै सुविधासहित यस्तो खाताको स्किम अहिले कुनै पनि नेपाली बैंकले सार्वजनिक गरेका छैनन् । 

यस्तो बचत खाताका लागि न्यूनम ब्यालेन्स नभए पनि हुन्छ । अर्थात शून्य मौज्दातमा यस्तो खाता खोली ग्राहकले बग्रेल्ती सुविधा उपयोग गर्न पाउँछन् । यसमा न्यूनतम मासिक तलबको कुनै सीमा पनि तोकिएको छैन । इन्टनरनेट बैंकिङ, मोवाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क लाग्ने छैन । १० लाखसम्मको दुर्घटना बिमा, ५ लाखसम्मको प्राणघातक रोग लाग्दाको कभरेज, मेडिकल इन्स्योरेन्सको रुपमा १ लाखसम्मको उपचार खर्च समेत सित्तैमा उपलब्ध हुनेछ । तर, १ लाखसम्मको उपचार खर्च पाउनका लागि चाहि कुनै पनि संगठित संस्थामा न्यूनतम ३० कर्मचारी हुनुपर्नेछ। 

एबीबीएस चार्ज, डिम्याट खाता खोल्दा लाग्ने चार्ज, देशभरका जुनसुकै एटीएमबाट पैसा निकाल्दा लाग्ने खर्च, ब्यालेन्स सर्टिफिकेट इस्यू गर्दा लाग्ने खर्च निःशुल्क गरिएको छ । 

लकर सुविधा लिँदा लाग्ने वार्षिक भाडामा ५० प्रतिशत छुट, स्वीप इन स्वीप आउटको सुविधा, मिस्डकल, भाइबर बैंकिङ तथा आइभीआर फ्यासिलिटी समेत निःशुल्क गरिएको छ । मासिक निक्षेप खाता खोल्ने सुविधा, अनलाइन निक्षेप खाता खोल्ने सुविधा, अनलाइनबाटै मुद्धती खाता खोल्ने सुविधा, इन्टरनेशनल डेबिट कार्ड निःशुल्क, महिनामा २ पटक आरटीजिएस निःशुल्क जस्ता सुविधा समेत यस्तो खातामा उपलब्ध हुने बैंकले जनाएको छ । 

यस्तो खाता खोल्ने कर्मचारीलाई बैंकले २ लाख रुपैयाँसम्मको  क्रेडिट कार्ड सुविधा, १० लाखदेखि २५ महिनाको तलब बराबरको व्यक्तिगत कर्जाको सुविधा बिना धितो उपलब्ध गराउनेछ । 

ओडी लोनमा समेत ५ लाखसम्मको सुविधा उपलब्ध गराइएको छ । 

अन्य प्रडक्ट कस्ता ?
एनआइसी एशिया बैंकले न्यू चमात्कारिक बचत खाता अन्तर्गत मासिक निक्षेप खाता ३ महिनादेखि १० वर्षसम्मका लागि खोल्न सकिने सुविधा दिएको छ । 

विभिन्न ३० सुविधाले भरिपूर्ण यो स्किम अन्तरगत बैंकले न्यू सुपर चमात्कारिक बचत खाता, न्यू सुपर चमात्कारिक नारी बचत खाता, न्यू सुपर चमात्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमात्कारिक बाबुनानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक उद्यमशील बचत खाताको सुविधा समेत उपलब्ध गराएको छ । 

जेष्ठ नागरिकहरुको घरमै पुगेर सेवा दिने, बाबुनानी बचत खातामा उनीहरुको जन्मदिन बैंकबाट बर्थडे विसदेखि निःशुल्क केकको सुविधा समेत उपलब्ध रहेको छ । औसतमा वार्षिक रुपमा ५ हजार रुपैयाँ ब्यालेन्स मेन्टेन गर्ने बालबालिकाले बैंकको तर्फबाट बर्थडेमा केक उपहारको रुपमा पाउनेछन् । 

वैदेशिक रोजगारमा जानेले एनआइसी एशियामा बैंक खाता खोले उसले पनि बग्रेल्ती सुविधा पाउनेछ । बैंकको सेवा सुविधामा भारी छुटदेखि बिमाको कभरेज समेत उपलब्ध हुनेछ । यस्तै, रेमिट्यान्स फिमा क्यासब्याकको अफर समेत पाउनेछन् ।