काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्स, इभेन्ट भेन्यू एशोसिएसन अफ नेपाल (इभा), नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा) को संयुक्त आयोजना तथा जापानस्थित ओसाका सिटी युनिभर्सिटीको सहयोगमा विपद व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्देश्यले आज संचालित तालिम कार्यक्रमको ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मितामुरा मुनेकी र चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले संयुक्त उद्घाटन गरेका छन् ।
उद्घाटनका अवसरमा श्रेष्ठले २०७२ को महाभूकम्प पश्चात नेपालका पार्टी प्यालेसहरुले उद्दार गरी खेलेको उल्लेखनीय भूमिकाबारे चर्चा गर्नुहुँदै निजी क्षेत्रले विपद व्यवस्थापनमा सरकारी निकाय, अन्तराष्ट्रिय विकास साझेदारहरुसँग सहकार्य गरिरहेको बताए । उनले भविष्यमा समेत विपद रोकथाम, उद्दार लगायत सचेतना कार्यक्रम नियमित रुपमा गर्ने उल्लेख गर्दै जापानको ओसाका स्थित नेपाल चेम्बर अफ कसर्मका वाण्ज्यिदूत दिनेश श्रेष्ठको पहलमा इभा नेपालका १२ जना व्यवसायीहरु ओसाका सिटी युनिभर्सिटीमा बिपद व्यवस्थापनमा तालिम हासिल गरेको र उक्त तालिमबाट प्राप्त सीप एवं ज्ञानलाई पार्टी प्यालेसका अन्य सहभागीहरुलाई “ट्रेनिङ अफ ट्रेनर्स”को रुपमा तालिम दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मुनेकीले बिपदको वेला समुदाय र पार्टी प्यालेस वीचमा अरु वढि प्रगाढ सम्वन्ध बिकसित हुने बताउनु हुंदै नेपालका पाटी प्यालेसहरुले विगतको भूकम्प लगायत अन्य विपदको अवस्थामा पु¥याएको योगदानको सर्हना गर्दै विपत रोकथाममा समेत पार्टी प्यालेसहरुले अहस् एंव महत्वपूर्ण भूमीका खेल्नुपर्ने बताए ।
उक्त अवसरमा ओसाका सिटी युनिभर्सिटी बिपद व्यवस्थापन अनुसन्धान केन्द्रका निर्देशक इकुता इसुके तथा नेपाका मुख्य निर्देशक मोरिता ताकेमित्सुले पनि बिपद व्यवस्थापनबारे प्रकाश पारे । कार्यक्रममा इभाका निवर्तमान अध्यक्ष श्रीमान सिंहले जापान तथा नेपालको परिपेक्षमा विपद व्यवस्थापन सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए । इभाका उपाध्यक्ष तेबिन्द्र रत्न शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रमा चेम्वर तथा इभा नेपालका पदाधिकारीहरु तथा तालिमका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
6 minutes ago
35 minutes ago
58 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
16 hours ago
16 hours ago
17 hours ago