ढाका । बिमान बंगलादेश एयरलाइन्सको जहाज मंगलबार दुर्घटनाबाट जोगिएको छ । 

बंगलादेशको ढाकास्थित शहजलाल अन्तर्राष्ट्रिय बिमानस्थलबाट स्थानीय समयअनुसार मध्यान्ह १२ बजे सेडपुरका लागि उडेको बिमानको इञ्जिनमा खराबी देखिएपछि ढाकास्थित बिमानस्थलमा आकस्मिक अवतरण गरिएको त्यहाँस्थित संचारमाध्यमहरुले जनाएका छन् । 

समाचार अनुसार उडेको विमान ४० मिनेटमै हजरत विमानस्थलमै अवतरण गरिएको थियो । 
बिमानमा रहेका सबै यात्रु सुरक्षित छन् । 

बंगलादेशकै यूएस बंग्ला बिमान केही दिनअघि अवतरणको क्रममा काठमाण्डौमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो ।