काठमाण्डौ । बिमालेख धितो राखी ऋण लिनेहरुले बिमा कम्पनीहरुबाट ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन् । 

बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै बिमालेख धितो राखी ऋण लिनेहरुले लकडाउन सकिएको एक महिनाभित्रमा ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो ।

बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले बिमितहरुलाई ऋण दिने गरेका छन् ।

यस्तै बिमा समितिले लकडाउन अवधिभर बिमकले उपलब्ध गराउने तालिमहरु अनलाइन तथा भच्र्यूल रुपमा गर्न सकिने, तर त्यस्तो तालिमको सफ्टकपीसहितको प्रतिवेदन समितिमा पेश गर्नुपर्ने व्यवस्था समेत गरेको छ । 

बिमकले व्यवस्थापन खर्च न्यूनिकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचित्यताका आधारमा स्वीकृत गर्न सकिने समेत समितिले प्रष्ट पारेको छ ।