काठमाण्डौ । बिमा समितिले ८ वटा पदका लागि १६ जना कर्मचारी मागेको छ । 

समितिले शुक्रबार एक सूचना प्रकाशित गर्दै १६ कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

निर्देशकदेखि प्रशासन सहायकसम्मका पदका लागि जागिरको अवसर खुलाइएको हो । 

निर्देशकतर्फ १ जना, उपनिर्देशक २ जना, सहायक निर्देशक १ जना, चार्टर्ड एकाउण्टेन्ट २ जना, सहायक निर्देशक ५ जना, सहायक निर्देशकतर्फ नै कानून अधिकृतको रुपमा ३ जना र प्रशासन सहायकतर्फ २ जना कर्मचारी मागिएको हो।

अधिकृत स्तर प्रथम श्रेणीको हकमा १५ सय रुपैयाँ, अधिकृत स्तरको दितीय श्रेणीको हकमा १२ सय रुपैयाँ, अधिकृत तृतीय श्रेणीको हकमा १ हजार रुपैयाँ, सहायक प्रथमको हकमा ४ सय रुपैयाँ दरखास्त दस्तुर तोकिएको छ । 

शुक्रबारको मितिले ३० दिनभित्रमा इच्छुकले दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

बिमा समितिले प्रकाशन गरेको सूचना यस्तो छः