काठमाण्डौ । बिमा कम्पनीहरुले गर्ने लगानीको क्षेत्रलाई फराकिलो बनाउँदै नियामक बिमा समितिले बिमकको लगानी सम्बन्धी निर्देशिका जारी गरेको छ । 

समितिले बुधबार ‘बिमकको लगानी निर्देशिका–२०७५’ जारी गर्दै बिमा कम्पनीहरुले केही नयाँ क्षेत्रमा लगानी गर्न पाउने बाटो खोलिदिएको हो ।  

जसअनुसार अब बिमा कम्पनीहरुले घरजग्गाको व्यवसायिक कारोबारदेखि नेप्सेमा सूचिकृत ऋणपत्र, म्युचुअल फण्डका स्कीम लगायतमा पनि लगानी गर्न पाउनेछन् । तर, समितिले ती क्षेत्रमा गर्न पाइने लगानीको अधिकतम सीमा समेत तोकिदिएको छ । 

यसअघि बिमा कम्पनीहरुले गर्दै आएको लगानीको क्षेत्रमा समेत सीमा तोकिएको छ । 

यसअघि समितिले जीवन बिमा, निर्जीवन बिमा र पुनर्बिमा कम्पनीका लागि तीन खालका लगानी निर्देशिका जारी गर्ने गथ्र्यो । तर, योपटक भने तीनै खालका कम्पनीलाई एउटै निर्देशिका जारी गरेको हो । 

नयाँ निर्देशिका अनुसार बिमा कम्पनीहरुले कुन-कुन क्षेत्रमा लगानी गर्न पाउँछन् ? हेरौं बुँदागत रुपमा:

  • घरजग्गा व्यवसायमा
  • नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र विनिमय बजारमा सूचिकृत भएको पब्लिक लिमीटेड कम्पनीको साधारण सेयर
  • नेपाल राष्ट्रबैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर(साधारण सेयरमा परिणत नहुने) र ऋणपत्र
  • नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र विनिमय बजारमा सूचिकृत भएको पब्लिक लिमीटेड कम्पनीको सुरक्षित डिवेञ्चर
  • कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा गरिएको ऋण वा पूँजी लगानी
  • नागरिक लगानीकोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु
  • नेपाल राष्ट्रबैंकबाट इजाजतप्राप्त ख वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्धति निक्षेप
  • इजाजतप्राप्त ग वर्गका बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्धति निक्षेप

कुन क्षेत्रमा लगानीको सीमा कति ?

  • नेपाल सरकार वा नेपाल राष्ट्रबैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कुुल टेक्निकल रिजर्बको ५ प्रतिशत
  • नेपाल राष्ट्रबैंकबाट इजाजतप्राप्त क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमीटेडको मुद्धती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म
  • घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म
  • नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र विनिमय बजारमा सूचिकृत भएको पब्लिक लिमीटेड कम्पनीको साधारण सेयरमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म
  • नेपाल राष्ट्रबैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर(साधारण सेयरमा परिणत नहुने) र ऋणपत्रमा कुल टेक्निकल रिजर्बको २० प्रतिशतसम्म
  • नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त धितोपत्र विनिमय बजारमा सूचिकृत भएको पब्लिक लिमीटेड कम्पनीको सुरक्षित डिवेञ्चर कुल टेक्निकल रिजर्बको २० प्रतिशतसम्म
  • कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा गरिएको ऋण वा पूँजी लगानीमा कुल टेक्निकल रिजर्बको २० प्रतिशतसम्म
  • नागरिक लगानीकोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा कुल टेक्निकल रिजर्बको ५ प्रतिशतसम्म
  • नेपाल राष्ट्रबैंकबाट इजाजतप्राप्त ख वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्धति निक्षेपमा कुल टेक्निकल रिजर्बको २० प्रतिशतसम्म
  • इजाजतप्राप्त ग वर्गका बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्धति निक्षेपमा कुल टेक्निकल रिजर्बको १० प्रतिशतसम्म

के हो टेक्निकल रिजर्ब र यसको गणना कसरी हुन्छ ?