काठमाण्डौ । बिमा कम्पनीहरुको नियामक संस्था बिमा समितिले ४ पदमा २९ कर्मचारी माग गर्दै मंगलबार सूचना जारी गरेको छ । 

समितिले कानून समूहको उपनिर्देशक, प्रशासन समूहका लागि सहायक निर्देशक, कानून समूहका लागि समेत सहायक निर्देशक र प्रशासन समूहका लागि सहायक प्रथम पदमा जागिरको अवसर खुलाएको हो । 

सबैभन्दा बढी प्रशासन समूहको सहायक निर्देशक पदमा जागिरको अवसर खुलाइएको छ । यो पदमा १७ कर्मचारी माग गरिएको छ । यस्तै, कानून समूहको सहायक निर्देशक पदमा ५ जना, प्रशासनतर्फ सहायक प्रथम पदमा ६ जना र कानून समूहको उपनिर्देशक पदमा एकजना मागिएको छ । 

इच्छुक योग्य उम्मेद्वारले ३० दिनभित्र आवेदन दिइसक्नुुपर्ने सूचनामा उल्लेख छ । 

सबै पदका लागि आवश्यक योग्यता तथा अन्य जानकारीका लागि बिमा समितिले प्रकाशन गरेको सूचना हेर्नुहोस्: