काठमाण्डौ । राष्ट्रिय बिमा संस्थानले आगामी कात्तिक १७ गते आफ्नो ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो कम्पनीको वार्षिक साधारणसभा काठमाण्डौको रामशाहपथस्थित बिमा संस्थानकै कार्यालय परिसरमा आह्वान गरिएको हो । 

वार्षिक साधारणभामा आफ्ना सेयरधनीलाई ४२.११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । साधारणसभाले पारित भएपछि आर्थिक वर्ष २०६३/६४ मा कायम १२ करोड ९३ लाख चुक्तापूँजीको ४२.११ प्रतिशत बोनस वितरण हुनेछ । 

यसबाहेक आर्थिक वर्ष २०६३/६४, ०६४/६५, ०६५/६६ को आयव्यय विवरण पास गर्ने प्रस्तावहरु समेत रहेका छन् । आर्थिक वर्ष २०६९/७०, ७०/७१ र ७१/७२ का लागि लेखापरीषकको नियुक्तिको प्रस्ताव समेत पेश हुने बताइएको छ । 

यो कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति कात्तिक १ देखि १७ गतेसम्मलाई तोकेको छ । यसको अर्थ असोज ३१ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेकाहरुले साधारणसभामा सहभागी बन्न पाउनेछन् । 

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ६८ लाख १० हजार खूद नाफा आर्जन गरेको थियो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५ हजार १ सय रुपैयाँ रहेको छ ।