नयाँदिल्ली । कुनै बेला संसारकै सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका माइक्रोसफ्ट कम्पनीका को–फाउन्डर बिल गेट्सले आफ्ना एक गल्तीका कारण धेरै नोक्सानी व्यहोर्नुपरेको थियो । उनले सार्वजनिक रुपमा नै त्यो गल्ती स्वीकार्दै भनेका छन्– यदि त्यो समयमा एन्ड्रोइडजस्तै अपरेटिङ सिस्टम बनाएको भए आज उनको कम्पनी संसारकै सबैभन्दा ठूलो कम्पनी हुने थियो । 

बिल गेट्सले एन्ड्रोइड र गुगलका बारे बुझ्न आफूबाट चुक भएको बताए । बिल गेट्सले नन एप्पल फोन फर्म प्लेटफर्म लन्च नगर्नु र एन्ड्रोइडका लागि गुगललाई मौका दिनु नै उनको सबैभन्दा ठूलो गल्ती थियो । यो यस कारण हो कि एन्ड्रोइड ओएस लन्च गरेर गुगल अरु कम्पनीलाई पछि पारेर अगाडि बढ्यो । 

बिल गेट्सका अनुसार यदि उनले यो ओएस बनाउन पहल गरेको भए वा फेरि पुँजी लगाएको भए यतिबेला माइक्रोसफ्ट संसारमा सबैभन्दा ठूलो कम्पनी हुने थियो। सन् २००५ मा गुगलले एन्ड्रोइड सिस्टम ५ करोड डलरमा किनेको थियो । अहिले एन्ड्रोइड सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम बनेको छ । 

विन्डोज फोनमा माइक्रोसफ्टले आफ्ना अपरेटिङ सिस्टम उपलब्ध गराउँथ्यो । जब कि युजर्सका बीच माइक्रोसफ्टको अपरेटिङ सिस्टमले एन्ड्रोइड र एप्पलको आईओएस जति लोकप्रियता पाएको थिएन । जसका कारण सन् २०१७ मा माइक्रोसफ्टको अपरेटिङ सिस्टम नै बन्द गर्नुप्यो । एन्ड्रोइड र आईओएससँगको प्रतिस्पर्धामा माइक्रोसफ्टको आफ्ना सफ्टवेयर दमदार थिएन । एन्ड्रोइड र आईओएससँग काम गर्ने खालाका एप्सको संख्या धेरै नै छ ।

फोब्र्सको सन् २०१८ को संसारकै सबैभन्दा धनी व्यक्तिहरुको सूचीको पहिलो नम्बरमा ११२ बिलियन डरका साथ अमाजोनका फाउन्ड जेफ बेजोस छन् । यही सूचीमा दोस्रो नम्बरमा ९० बिलियन डलरका साथ माइक्रोसफ्टका को–फाउन्डर बिल गेट्स छन् भने ८४ बिलियन डलरका साथ तेस्रो स्थानमा बर्कसियर हाथवेका सीईओ वारेन बफेट छन् ।