काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले संसारकै सबैभन्दा धनाढ्यको सूचीमा जमाएको दोस्रो स्थानमा पनि गुमाउनुपरेको छ।

लगातार सात वर्षदेखि बिल गेट्स संसारकै धनी व्यक्तिहरुको सूचीमा दोस्रो स्थानमा कायम रहेका थिए । हालै सार्वजनिक ब्लुमवर्ग बिलियनेयर इन्डेक्सअनुसार बिल गेट्स धनाढ्यको सूचीमा तेस्रो नम्बरमा झरेका छन् भने दोस्रो नम्बरमा बर्नार्ड अर्नाल्ट उक्लेका छन्।

धनाढ्यको सूचीमा मुकेश अम्बानी १३ औँ स्थानमा आएका छन् । 
लग्जरी गुड्स कम्पनी एलबीएमएच (लुई बिटन मोयत हेनेसी) का अध्यक्ष तथा सीईओ बर्नार्ड अर्नाल्ट गत महिनामा टप ३ क्लबमा समावेश भएका थिए । उनको कुल सम्पत्ति बढेर १०७.६ अर्ब डलर पुगेको छ । 

ब्लुमबर्गका अनुसार अर्नाल्टले सन् २०१९ मा मात्र ३९ अर्ब डलरको नेटवर्ट अर्जित गेका छन्। ७० वर्षीय अर्नाल्टको कम्पनी एलवीएमएच फ्रानसमा निकै चर्चित छ । 

फोब्र्सका अनुसार बर्नार्ड अर्नाल्टले सन् १९८४ मा लग्जरी गुड्स मार्केटमा पाइला राखेका थिए। त्यसपछि उनले टेक्सटाइल ग्रुपको अधिग्रहण गरे । जसमा क्रिश्चियन डायरको सेयर थियो । चार वर्ष क्रिश्चियनले कम्पनी सेयर बेचिदिए र एलबीएमएचले किनेको थियो।

ब्लुमबर्ग बिलियनियर इन्ेक्सका ताजा आँकडाअनुसार जेफ बेजोस कुल नेटवर्थ १२५ बिलियन डलरका साथ धनाढ्यको सूचीमा पहिलो नम्बरमा छन् । त्यहीँ नेटवर्थ १०८ बिलियन डलरसहित अर्नाल्ट दोस्रो र १०७ नेटवर्थका साथ बिल गेट्स तेस्रो स्थानमा छन् । – एजेन्सी