काठमाण्डौ ।  प्रभू बैंक लिमीटेडले पवर्त जिल्लाको बिहादी गाउँपालिका वडानम्बर ४ मा शाखा कार्यालय संचालनमा ल्याएको छ । 

एक समारोहका बीच सो शाखा कार्यालयका बिहादी गाउँपालिकाका अध्यक्ष कमल भूसालले उद्घाटन गरे । 

शाखाकार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धितजिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति थियो । 

बैंकको विहादी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।