काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफामा १९.८९ प्रतिशतको प्रगति गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ५५ करोड १५ लाखमा सीमित यस्तो नाफा बढेर ६६ करोड १३ लाखको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष ५५ करोड १५ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ७३ करोड ७५ लाखको उचाईमा पुगेको छ । यो भनेको ३३.७१ प्रतिशतको फड्को हो ।

कम्पनीको अघिल्लो वर्ष ७७ करोड ५२ लाखमा सीमित संचालन मुनाफा ३५.२९ प्रतिशतले बढी यो वर्ष १ अर्ब ४ करोडको उचाईमा पुगेको छ।

समीक्षा अवधिमा बैंकले ८० अर्ब २१ करोड निक्षेप संकलन गरी ७३ अर्ब ५३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १३.४३ प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तारमा १५.९६ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ८९ करोडमा सीमित रिजर्ब २५.०६ प्रतिशतले बढी ६ अर्ब १२ करोड पुगेको छ । 

यो बैंकले खराब कर्जालाई नियन्त्रणमा राख्न नसकेको देखिएको छ । अघिल्लो वर्ष १.८६ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर समीक्षा अवधिसम्म २.०८ प्रतिशत पुगेको हो ।

वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा १८.०७ प्रतिशतले बढ्दै २०.८६ रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १८६.६० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.१४ गुणा कायम भएको छ ।