काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफना समस्त भिसा कार्डबाहक ग्राहकहरुका लागि कार्ड प्रयोग गरे बापत १० प्रतिशतसमम नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । 

यो योजना अन्तर्गत न्यूनतम व्यक्तिगत कारोबार सिमा रु १,००० तोकिएको छ, जसअनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम रु ५०० कायम गरिएको छ । 

यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा रु ५,००० तोकिएको छ । 

बैंकले उक्त नगद फिर्ताको योजना नेपालभित्रका सम्पूर्ण पस टर्मिनलमा तथा ई-कर्मस कारोबारहरूमा लागू हुने जानकारी गराएको छ ।