काठमाण्डौ । बैंक अफ काठमाण्डूले आफ्नो मोबाईल बैंकिङ्ग सेवा बीओके स्मार्ट प्रवद्र्धन गर्ने उद्देश्यले “तिहारमा बहार” योजना ल्याएको छ ।

यो योजना नेपालीहरुको दोस्रो महान चाड तिहारलाई लक्षित गरी कात्र्तिक २ गते देखि ४ गतेसम्म आयोजना गरिएको छ । 

यो योजना अन्र्तगत बैंक अफ काठमाण्डूका ग्राहकहरुले बीओके स्मार्ट प्रयोग गरी रु. ५०० वा सोभन्दा माथिको कारोबार गरेमा सामसङ मोबाईल उपहार स्वरुप प्राप्त गर्ने बताइएको छ । 

यो योजना अवधिभर सबैभन्दा बढी संख्यामा कारोबार गर्नेमध्येका एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषित गरिनेछ ।