काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडको २३ औं वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पूँजीको १३.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले बैंकका संचालक प्रकाश श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा समेत चयन गरेको छ । 

नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समक्ष सपथ ग्रहण गरेका बैंकले जनाएको छ । 
साधारणसभाले बैंकका अन्य सञ्चालकहरुमा राधेश पन्त, जितेन्द्र धिताल, हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा, मदनलाल जोशी र दिब्यनीधि विष्टलाई चयन गरेको छ । 

सभाले लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, बैंकको नियमावली संसोधन गर्ने लगायतका अन्य प्रस्ताव समेत पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्तापूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ पुगेको छ ।