काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सी आस्वामा आधारित इस्यूएन्स प्रणालीबाट अनलाइन आस्वा सेवा सुरु गरेको छ । 

अब लगानीकर्ताहरुले meroshare.cdsc.com.np   नामक पोर्टलमा गई अनलाइनबाट नै शेयर आवेदन भर्न सक्नेछन् । 

यो सुविधा प्रयोग गर्न विशेष C-ASBA Registration Number (CRN)  आवश्यक पर्नेछ, जुन बैंक अफ काठमाण्डूूको कुनै पनि शाखाबाट सी आस्वा आवेदन फारम भरेर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । घण्टौ लाइनमा बसेर शेयर आवेदन भर्न बाध्य लगानीकर्ताहरुलाई यो सेवाले राहात दिने बैंकको विश्वास छ ।