काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफ्नो ४५ औं शाखा कार्यालयको बिधिवत् शुभारम्भ गरेको छ । 

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गरे । 

सो कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष सुशीलराज पराजुलीले र स्वागत मन्तब्य प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल गरेका थिए । त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहँुचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 

यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जा सुविधाका साथै एबीबिएस, लकर, मोवाइल बैकिंग लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखासहित कुल ४५ वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफना बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।