काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटल प्राबिीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरे ।

हाल यो बैंकको देशभर २९५ शाखा, ३२१ एटीएम, ५७ वटा एक्सटेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका ग्राहक संख्या १७ लाख भन्दा बढी रहेका छन् ।