काठमाण्डौ । एनआइसी एशिया बैंकले बुटवल उपमहानगरपालिका वडानम्बर ११ स्थित देवीनगरमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार थालेको छ । 

मंसिर ६ गते एक भव्य समारोहका बीच एनआइसी एशिया बैंकको प्रदेश नम्बर ५ का प्रादेशिक प्रमुख जयन्द्र रावलले सो शाखाको उद्घाटन गरे । 

योसहित एनआइसी एशिया बैंकको देशभरको शाखा सञ्जाल २६६ वटा पुगेको छ । यस्तै, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा  कर्जा रू. १४३ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ ।